काठमाडौं । एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम झम्सिखेलमा संचालनमा आएको छ। एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले ललितपुरको झम्सिखेलमा दोश्रो शोरूम संचालनमा ल्याएको हो ।
बिक्रीपछिको सेवालाई केन्द्रमा राख्दै एथरले तिनकुने पहिलो सर्भिस सेन्टर पनि गत साताबाट संचालनमा ल्याएको थियो ।
झम्सिखेलको शोरूम लगत्तै फाल्गुन भित्र पोखरामा एथर इलेक्ट्रिक स्कुटरको शोरूम संचालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ भने, ४ महिना भित्र चितवन, बुटवल र इटहरीमा पनि संचालनमा ल्याउने जनाएको छ ।
चाँडै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको छ भने काठमाडौं बाहिर (पोखरा, चितवन, बुटवल र इटहरी) शोरूम संचालनसंगै उक्त स्थानहरुमा ४ बटा फास्ट चार्जर राखिने कम्पनीले जानकारी दिएको छ ।
एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहेको छ ।एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।
भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको छ ।


