काठमाडौं । बजाजले आफ्नो पावरफुल मोटरसाइकल एन-२५० मा आधुनिक फिचरहरु थप्ने भएको छ । कम्पनीले केही दिन भित्रै नयाँ फिचरहरु थपेर एन-२५० बजारमा ल्याउने भएको हो ।
अहिले भारतमा यसको परिक्षण चलिरहेको छ । कम्पनीले आफ्नो पल्सर सिरिजकै पावर मोटरसाइकलमा प्रिमियम मोटरसाइकलमा पाइने फिचर थप गर्न लागेको हो । परिक्षणको क्रममा देखिएको एन-२५० को तस्बिरले नै नयाँ फिचर थपिएको प्रस्ट पार्छ ।
स्पाइ सट फुटेज अनुसार नयाँ एन-२५० मोटरसाइकलमा अगाडि यूएसडी फर्क, नयाँ डिजिटल कन्सोल सहित ड्यास बोर्डमा अपडेट गरेको देखिन्छ ।
त्यस्तै, मोटरसाइकलमा यस बाहेक ब्लुटुथ कनेक्टिभीटी सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट सिस्टम पनि थप हुनेछ । यसमा कल, एसएमएस, नेभिगेसन र म्युजिकको नटिफिकेसन सजिलै देख्न सकिने छ ।
बजाज एन-२५० मोटरसाइकलमा २४९.७ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, एसआएचसी, आयल कुल्ड, एफआई बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २४.५ ब्रेकहर्स पावर र २१.५ एनएमको टर्क जेनेरेट गर्छ ।


