टोयोटाको नयाँ हाइब्रिड कारको मूल्य १ करोड २२ लाख, माइलेज प्रतिलिटर २६ किमी

काठमाडौं । टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्नो नयाँ हाइब्रिड मोडल यारिस क्रस आज (शुक्रबार) बाट बिक्री सुरु गर्दैछ । कम्पनीले आकर्षक डिजाइन र फिचर लोडेड यारिस क्रसको नेपालमा बिक्री सुरु गर्न लागेको हो ।

केहि दिनअघि मात्रै थाइल्याण्डमा बिक्री सुरु भएको यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । अहिले बजारमा रहेका चल्तीका मोडलहरु बीवाइडी एटो थ्री, हुन्डाई क्रेटा र एमजी जेडएस बराबरकै साइजमा यारिस क्रस उपलब्ध भएको हो ।

टोयोटाको सबैभन्दा फिचर लोडेड क्रसओभर मोडलको रुपमा बजारमा आएको यारिस क्रसओभरमा ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एन्ड्रोइड अटो र एप्पल कार प्लेसहितको १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ । साथै, इलेक्ट्रीक पार्किङ ब्रेक, अटोमेटीक एसी, रियर एसी भेन्ट, ६ स्पीकर सहितको अडियो सिस्टम र १४ कलरको एम्वीयन्ट लाइट दिएको छ ।

टोयोटाले नयाँ यारिस क्रसमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ । पहिलो पटक कम्पनीले क्रसओभर मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको छ ।

नयाँ मोडलमा ८ वे पावर इलेक्ट्रीक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनीक कर्टेन, किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ ।

टोयोटा यारिस क्रसमा १.५ लिटरको चार सिलिण्डर ड्यूल भीभीटी-आई इन्जिन दिइएको छ । हाइब्रिड पावरट्रेन भएकोले यसमा इलेक्ट्रीक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई-सीभीटी गियरबक्स पाउन सकिन्छ । यसले प्रतिलिटर २६ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, फ्रन्ट डिपार्चर अलर्ट, पेडल मिसोपेरेसन कन्ट्रोल, ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरीङ सिस्टम, ३६० डिग्री क्यामेरा जस्ता आधुनिक फिचर लोडेड भएर आउने छ ।


Back_to_top