काठमाडौं । एवोन ब्राण्डको वाई मोडल नेपालमा बिक्री सुरु भएको छ । सिजी मोटर्सले नेपाल ल्याएको एवोन-वाई थापाथलीमा शोरुम संचालनसँग बिक्री सुरु भएको हो ।
‘चिनियाँ ब्राण्डको उत्कृष्ट उत्पादन हामीले बजारमा ल्याएका छौं । चीनमा जापानी ब्राण्ड टोयोटासँगको साझेदारीमा कार उत्पादन गर्दै आएको जिएसीको इलेक्ट्रीक ब्राण्ड एवोन नेपाल ल्याएका हौं । यस एसयूभी फिचर, सुरक्षा र रेन्जको कारण धेरैले मनपराउने विश्वास लिएका छौं’, सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने ।
जीएसी एवोन-वाई मोडलमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । कम्पनीको दावी अनुसार यो ब्याट्री अहिलेसम्मकै सुरक्षीत रहेको कम्पनीको दावी छ । एनइडीसीका अनुसार उक्त ब्याट्रीले सिंगल चार्जमा ४९० किलोमिटर रेन्ज दिनेछ । डब्लूएलटीपी रेन्ज भने ४०५ किलोमिटर हो ।
सिजी मोटर्सका अनुसार यो गाडीलाई भ्यालू फर मनी, उत्कृष्ट डिजाइन र कम्फर्ट, पावर हाउस ब्याट्री टेक्नोलोजीको मिश्रण हो । एवोन-वाई साइज पनि निकै ठूलो छ । यसको लम्बाई ४५३५ एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिइएको छ ।

कम्पनीले यसमा १०० किलोवाट पीकपावर क्षमताको इलेक्ट्रीक मोटर दिएको छ भने पीकटर्क २२५ एनएम रहेको छ । झट्ट हेर्दा एमपीभी जस्तो लाग्ने यो कार नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

एवोन-वाईमा किलेस इन्ट्री, आइप्याडल, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १४.६ इन्चको विशाल टचस्कृन, ६ स्पीकर, पीएम २.५ एयर फिल्टर जस्ता फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सुरक्षाको लागि डेढ दर्जन फिचर समाबेस भएको एवोन-वाईमा टायर प्रेसर मोनिटर, एबीएस, इएसपी, ब्रेकिङ इमर्जेन्सी रिकभर सिस्टम, ६ वटा एयरव्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।


