बजाजले गर्‍यो देशकै ठूलो कम्यूनीटी राइड, सहभागिदेखि समूदायलाई उपहार

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ । यो कम्पनीले गरेको देशकै सबैभन्दा ठूलो राइड मध्येको एक हो ।

कम्पनीले कोशी र मधेस प्रदेशका ग्राहकहरुलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो । विश्व सिमसार दिवसको अवसर पारेर आयोजना गरिएको उक्त राइड उदयपुरको कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १२० भन्दा धेरै फलफूलको विरुवा वृक्षारोपण गरेको थियो ।

कम्यूनीटी साइड भएकाले समुदायमा केही दिनु पर्छ भन्ने योजना अनुसार फलफुल वृक्षारोपण गरिएको कम्पनीले जनाएको छ । १०० भन्दा धेरै एनएस मोटरसाइकल सहभागी राइड मधेस प्रदेशको राजधानी जनकपुरबाट सुरु भएको थियो । उक्त राइडमा जनकपुर, वर्दिवास, सिराहा, लहान, राजविराज, धनुषाधाम मिर्चैया लगायतका विभिन्न स्थानका राइडहरु सहभागी थिए ।

उक्त कार्यक्रममा सहभागी सबै राइडहरुले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्कम खेलहरुमा भाग लिएका थिए ।

विभिन्न खेलका विजेताहरुलाई कम्पनीले फुल हेलमेट उपहार स्वरुप प्रदान गेको थियो । उक्त राइडमा ५० वर्षभन्दा बढि उमेर समुह र महिला राइडहरुको समेत सहभागीता थियो ।

कम्पनीले ‘१ मिसन १०० एनएस राइडर्स’ भन्ने मूल नाराका साथ आयोजना गरेको नेपालको सबैभन्दा ठूलो कम्यूनीटी राइड सफल भएको जनाएको छ ।

‘हामीले नेपालमा सबैभन्दा ठूलो कम्यूनीटी राइड सम्पन्न गरेका छौं । १०० भन्दा धेरै एनएस बाइकमा १३० जनाभन्दा धेरै राइडर्स सहभागी भए । यो कार्यक्रम मार्फत हामीले पर्यावरण प्रति सचेत रहेको संदेश दिदै वृक्षारोपण गरेका छौं । त्यसमा पनि बन्यजन्तुहरु मानब बस्तीमा नजाउन भनेर फलफुलका विरुवा वृक्षारोपण गरेको हौँ’, कम्पनीका मार्केटीङ हेड अमितराज चालिसेले भने ।

उनका अनुसार मोटरसाइकल बिक्रेता कम्पनीले गरेको सम्भवत सबैभन्दा ठूलो राइड इभेन्ट १०० एनएस भएको छ ।

उक्त राइडमा सहभागीहरुले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिन कम्पनीलाई सल्लाह र सुझाव दिएका थिए । कम्पनीले पनि आगामी दिनमा यस्तै कार्यक्रमलाई अझै परिष्कृत गर्दैै जाने प्रतिवद्धता जनाएको छ ।


Back_to_top