आयो जिलीको नयाँ इलेक्ट्रीक एसयूभी ‘स्टारशिप सेभेन’

काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक जिली ग्यालेक्सीले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभी स्टारशिप सेभेन सार्वजनिक गरेको छ ।

कम्पनीले यसअघि हाइब्रिड मोडलको रूपमा बिक्री गर्दै आएको ग्यालेक्सी स्टारशिप एसयूभीलाई इलेक्ट्रीक भर्सनमा ल्याएको हो ।

कम्पनीले स्टारशिप सेभेनलाई आफ्नो लाइनमा अपमा ईएक्स ५ एयूभीभन्दा माथिल्लो श्रेणीमा राखेको छ । नयाँ एसयूभी जिलीको हाइब्रिड ईएम आइ भेरियन्ट बनाएकै ग्यालेक्सी जीईए आर्किटेक्चरमा आधारित छ । तर, यसमा हाइब्रिड सिस्टम हटाइएको छ ।

कम्पनीले स्टारशिप सेभेन दुई ब्याट्री अप्सनमा ल्याएको हो । जसमा ६०.२ किलोवाट आवर र ६८.३९ किलोवाट आवरको ब्याट्री प्याक छ । जसले एकपटको फुलचार्जमा क्रमशः ५२५ किलोमिटर र ६०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

स्टारशिप सेभेनमा १६० किलोवाटको फ्रन्ट ह्वी ड्राइभ मोटर छ छ । जसले ३०० एनएम टर्क उत्पादन गर्छ । यसको लम्बाइ ४७४० एमएम, चौडाइ १९०५ एमएम र उचाइ १६८५ एमएम छ । यसमा २७५५ एमएम लामो ह्वीलबेस छ ।

गाडीको बाहिरी भागमा नयाँ फ्रन्ट फेसिया, लामो डे टाइम रनिङ लाइट र परिमार्जित रियर लाइट डिजाइन दिइएको छ । यसमा १८ र १९ इन्चका कम ड्र्याग ह्वील रहेका छन् ।

स्टारशिप सेभेनको इन्टेरियरमा जिलीको ‘फ्लाइम अटो’ सिस्टम छ । जसले स्मार्टफोन जस्तै इन्टरफेस र मल्टिपल स्क्रीन सपोर्ट गर्छ । यसले चालकलाई आधुनिक र सहज प्रविधि प्रयोगको अनुभव दिन्छ ।

स्टारशिप सेभेन हाइब्रिड भर्सनको मूल्य करिब १४ देखि १८ हजार १०० अमेरिकी डलर तोकिएको छ । तर, कम्पनीले नयाँ ईभीको मूल्य भने हालसम्म सार्वजनिक गरेको छैन ।

हाल नेपाली बजारमा एलआरआर मोटर्सले जिली ईएक्स फाइभ बिक्री गर्दै आएको छ ।


Back_to_top