होन्डा एसपी १२५ को विक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं । होन्डाले आफ्नो नयाँ मोटरसाइकल ‘एसपी-१२५’ नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले दुई भेरियन्टमा एसपी-१२५ को विक्री सुरु गरेको हो ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले नाडा अटो शोमा २०२३ मा देखाएको एसपी-१२५

होन्डाले भारतमा भन्दा पहिला अटो शो मार्फत सार्वजनिक गरेको मोटरसाइकल बिक्रीको लागि भने अब उपलब्ध गराउने भएको हो ।

कम्पनीले केही समय अघि बुकिङ खुल्ला गरेको थियो ।

कम्पनीले एसपी-१२५ डिआरएसको मूल्य २ लाख ७८ हजार ९०० र एसपी डिडिएसको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु गरेको हो ।

होन्डा एसपी-१२५ मा १२४.४ सीसी सिगंल सिलिन्डर ४ स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १०.७२ बीएच पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

साइनभन्दा स्पोर्टी लुक भएको एसपी-१२५ को फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा कम्वी ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

एसपी-१२५ मा अलोय ह्वील, आकर्षक एलइडी हेडल्याम्प, स्टाइलिस फ्यूल ट्याङ्क पाउन सकिन्छ ।


Back_to_top