बुलेटलाई टक्कर दिन तयार भयो जावा–३००, छ दिनपछि बजारमा

बुलेटलाई टक्कर दिन आउन लागेको जावा–३०० मोटरसाइकल बिभिन्न चरणमा सडकमा परिक्षण भइरहेका तस्बिरहरु बाहिर आएपनि पुरै बाइक पहिलो पटक देखिएको छ । सडकमा एक युवाले चलाइरहेको अबस्थामा उक्त बाइकको तस्बिर सार्वजनिक भएको हो ।

आगामी बिहिवार अर्थात नोभेम्बर १५ मा भारतीय बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको यो बाइक रेट्रो स्टाइलिङ रहेको छ । रोयल इन्फिल्ड ३५० सँग प्रतिस्पर्धा हुने बाइकमा रोयल इन्फिल्डको ६५० सीसीको बाइक जस्तै राउण्ड हेडल्याम्प दिइएको छ । 

कर्वी ट्यांक, लामो तथा फराकिलो सिट र स्पोक ह्विल रहेको जावा बाइकमा राउण्ड मिरर, राउण्ड इन्डिकेटर र टेलेस्कोपिक फोर्कसमेत उपलब्ध रहेको छ ।

ट्विन एग्जस्ट मफलर्सको रेट्रो लुक भएको बाइक एबीएसलगायतका सेफ्टी फिचरका साथ आउने छ । 

२९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको बाइकले २७ एचपीको पावर र २८ एनएम टर्क प्रदान गर्छ । साथै यसमा ६ स्पिड गियरबक्स जडान गरिएको छ ।

भारतीय चर्चित मोटर उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्रले खरिद गरेको जावा ब्रान्ड कम्पनीको पुरानो बाइक मोजोको साथमा बिक्री गर्ने योजना कम्पनीले अगाडि ल्याएको छ । 


Back_to_top