स्कोडा कोडियाकको ‘एल एन्ड के’ भेरिएन्ट सार्वजनिक, यस्ता छन् फिचर

स्कोडाले आफ्नो प्रिमियम एसयूभी कोडियाकको टप भेरिएन्ट ‘कोडियाक एल एन्ड के’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ टप भेरिएन्टलाई भारतीय बजारमा सार्वजनिक गरेको हो । 

रेगुलर भेरिएन्टको तुलनमा करिब २ लाख भारतीय रुपैयाँ महंगो रहेको यो भेरिएन्टको मूल्य भारतीय बजारमा ३६ लाख रुपैयाँ रहेको छ । यद्यपी मूल्य धेरै भएपनि कम्पनीले नयाँ भेरिएन्टमा रेगुलरको तुलनामा धेरै लेटेस्ट फिचरहरु थप गरेको छ ।

कोडियाक एल एन्ड केमा फ्रन्ट ग्रिल र पछाडि रियर डिफ्युजरमा क्रोमको प्रयोग गरिएको छ । भच्र्युल ककपिट सिस्टम दिइएको यो एसयूभीमा एनालग इन्स्ट्रुमेन्ट क्लस्टरको स्थानमा डिजिटल स्क्रीन दिइएको छ । जसले नेभिगेसनसमेत सपोर्ट गर्ने छ ।

रेगुलर मोडलकै इन्जिन दिइएको यस गाडीमा २.० लिटर इन्जिन दिइएको छ । उक्त इन्जिनले १५० पीएस पावर र ३४० एनएम टर्क जेनेरेट गर्छ । यसमा डियुल क्लच अटोमेटिक गिएरबक्स दिइएको छ । 

सुरक्षाको लागि ९ एयरब्याग दिइएको यो एसयूभीमा एन्टी थेप्ट आर्लम, स्पीड वार्निङ सिग्नलजस्ता फिचर दिइएको छ ।


Back_to_top