एयर होस्टेजले यात्रुको सानो बच्चालाई स्थनपान गराएपछि…

फिलिपीन्स एयरलायन्सको फ्लाईट अटेन्डेन्ट पट्रिसा आर्गानोले गत मंगलबार फ्लाईटमा आफ्नो डियुटीभन्दा माथि रहेर काम गरेको भन्दै उनको उक्त कार्य अन्तर्राष्ट्रिय मिडियादेखि सोसल मिडियासम्म भाइरल भईरहेको छ ।

फ्लाईटको क्रममा उनले एउटा सानो बच्चा रोयको आवाज सुनिन् । एक वर्षकको बच्चाकी आमा ओर्गानोलाई बच्चा रुनुको कारण पत्ता लगाउन त्यति गाह्रो भएन । उनि तत्काल बच्चा रोइरहेको सिटमा गएर बच्चाकी आमालाई सोधिन्, के म केही सहयोग गर्न सक्छु ? 

बच्चाकी आमा दुखित हुँदै भनिन् ‘मेरो बच्चा भोक लागेर राेएको हो, म बच्चालाई स्थनपान पनि गराउन सक्दिन र मसँग बच्चालाई खुवाउने अन्य खाना पनि छैन ।’ 

आर्गानोलाई समेत उनको कुराले थप समस्यामा पार्यो, उनिसँग प्लेनमा बच्चालाई खुवाउने दुध थिएन र बच्चा एकनाससँग भोकले रोइरहेको थियो । 

आर्गानोको मातृत्व जागेर आयो र उनले तत्काल आफ्नो सिनीयरलाई भनिन् म उक्त बच्चालाई स्थनपान गराउन चाहन्छु । 

उनलाई तत्काल स्थनपान गराउने स्विकृती दिइयो । फ्लाईट क्रुको अफरले राईरहेको बच्चाकी आमा हर्सित भईन ।

तत्काल जहाजका अन्य क्रुमेम्बरहरुले बच्चा र आमालाई ग्यालेमा पुर्याय । उनले बच्चालाई आफ्नो स्थनपान गराइन् ।

‘मैले त्यतीबेला बच्चाको आमाको आखाँमा अनौठो खुसी देखेको थिए’ उनले आफ्नो फेसबुकमा लेखेकी छिन्  । 

उनले बच्चा ननिदाएसम्म निरन्तर आफ्नो दुध खुवाएको र बच्चा निदाएपछि आमा र बच्चालाई आफ्नै सिटमा पूर्याएको उल्लेख गरेकी छिन् । 

आर्गानोले सुरुमा आफ्नो बच्चालाई दुध खुवाउन छुटाउन खोजेको तर बच्चालाई पुग्ने दुध आईरहेको र उनको श्रीमानको प्रेरणाले पनि उनले आफ्नो बच्चालाई निरन्तर स्थनपान गराईरहेको जनाईन् । 

उनको यो कार्यको सबैतिरबाट सकारात्कम प्रतिक्रिया आइरहेको छ । धेरैले उनको फेसबुकमा ‘सुइट’ तथा ‘एन्जल’ भनेर कमेन्ट लेखेका छन् ।

याहु लाईफस्टाइलका अनुशार अर्गानोको यस अदितीय कार्यले गर्दा कम्पनीले उनलाई क्याविन क्रु इभ्यालुएटरमा प्रमोट गररे पूरस्कृत गरेको छ ।


Back_to_top