बेनलीको २५० सीसीको एड्भेन्चर बाइक सार्वजनिक

बेनेलीको बहुप्रतिक्षित टिआरके–२५० एड्भेन्चर टुअर बाइक इटलीको मिलानमा जारी EICMA इन्टरनेशनल मोटर शोमा सार्वजनिक भएको छ । इटलीयन टुह्वीलर कम्पनी बेनेलीले आफ्नो कम क्षमताको बाइकलाई बजारमा ल्याएको हो । 

उक्त बाइकमा २४९ सीसी क्षमताको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिइएको छ । जसले ९००० आरपीएममा २४.५ बीएचपी पावर र ७५०० आरपीएममा २१ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पीड गिएरबक्स दिइएको छ । 

बेनेलीले यो नयाँ बाइकमा ट्युब फ्रेमको प्रयोग गरेको छ । सेन्ट्रल सक एब्जर्ब दिइएको यो बाइकको अगाडिको ह्वीलमा ४ पिस्टन क्यालीबरको साथ २८० एमएम सिंगल फ्लोटिङ डिस्क ब्रेक दिइएको छ ।

ब्यापारीक हिसाबले कम्पनीले टिआरके २५० लाई २०१९ मा बजारमा ल्याउने जानकारी दिएको छ । यो बाइक नेपाली बजारमा आउने छ वा छैन भन्ने विषयमा अहिल्यै केही भन्न सक्ने अबस्थामा छैन । यदि यो बाइक नेपाली बजारमा आउने हो भने बेनेलीको सबैभन्दा सस्तो मध्यको एक हुन सक्नेछ ।


Back_to_top