कोटेश्वरमा ड्यूटी गरिरहेका ट्राफिक प्रहरीलाई बस दियो ठक्कर

काठमाडौं । कोटेश्वरमा ड्यूटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ । बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीको अहिले न्यूरो अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गरेको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ड्युटीमा रहेका ट्राफिक प्रहरी खत्रीलाई ठक्कर दिएको थियो ।

उनलाई ठक्कर दिने बस चालक नवराज गिरीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।


Back_to_top