मासिक १२ हजार किस्तामा होन्डाको एड्भेन्चर मोटरसाइकल

काठमाडौं । एड्भेन्चर टूरका पारखीहरुका लागि नयाँ मोटरसाइकल नेपाल आएको छ । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले मासिक १२ हजार रुपैयाँ किस्ता तिर्नेगरी किन्न पाइने ‘एनएक्स २००’ नेपाल ल्याएको हो ।

अहिले बुकिङ खुल्ला रहेको होन्डा एनएक्स २०० केहि दिन भित्रै ग्राहकलाई हस्तान्त्रण सुरु गर्ने कम्पनीको भनाइ छ । अहिले यसको सुरुवाती मूल्य भन्दै कम्पनीले ४ लाख ७९ हजार ९०० रुपैयाँ तोकेर यसको बुकिङ लिइरहेको छ ।

‘अहिले अफर गरिएको मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ सिमित अवधिको लागि मात्रै हो’, स्याकार ट्रेडिङ स्रोतले भन्यो ।

नयाँ एड्भेन्चर टूरर मोटरसाइकलमा ग्राहकले फाइनान्स स्कीममा समेत स्याकार इन्भेष्टमेन्ट कम्पनीबाट लिन सक्नेछन् । फाइनान्समा मोटरसाइकल लिन चाहने ग्राहकले मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी रकम २४ महिनाको अवधिमा बुझाउन सक्नेछन् ।

कम्पनीले फाइनान्समा मोटरसाइकल लिने ग्राहकलाई १६.७५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

एनएक्स २०० किन्ने ग्राहकले २ लाख ३९ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी रकम २४ किस्ता गरेर मासिक ११ हजार ८३५ रुपैयाँ दरले तिर्न सक्नेछन् ।

यस्तो छ मोटरसाइकल

एनएक्स २०० मोटरसाइकलमा १८४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १७.२७ बीएचस पावर र १६.१ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि गोल्डने यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध छ ।

होन्डा एनएक्स २०० मा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।

यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील यसमा उपलब्ध मुख्य फिचर हुन् ।


Back_to_top