नेपाल आयो अर्को स्पोर्टी सेडान, मूल्य आकर्षक हुने

काठमाडौं । नेपाली बजारमा एकपछि अर्को आकर्षक सेडान कार आउन थालेको छ । बीवाइडी सिलपछि अर्को चिनियाँ ब्राण्ड चांगानको ‘दिपल एल-०७’ नेपाल आएको हो ।

धेरै फिचरहरू दिपल एस-७ सँग मिल्दोजुल्दो रहेको ‘एल-७’ स्पोर्टी सेडान मूल्यको हिसाबमा भने एस-७ भन्दा सस्तो हुनेछ । कम्पनीले सम्भवत ६५ लाख रुपैयाँ हाराहारीमा बजारमा आउने बताइएको छ ।

काठमाडौंका सडकमा टेष्ट ड्राइभ चलिरहेको एल-०७ पनि चाँडै बिक्री सुरू गर्ने तयारी भइरहेको छ । एमएडब्लू वृद्धिले नेपाल ल्याएको स्पोर्टी सेडानमा ६६.८ किलोवाट आवरको ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ५४० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

दिपल एल-०७ मा १०० किलोवाट आवरको ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई फास्ट चार्जरबाट ३० देखि ८० प्रतिशत चार्ज गर्न ३० मिनेट लाग्छ ।

दिपलले आफ्नो लग्जरी सेडानमा धेरै आधुनिक फिचर दिएर ल्याएको छ । चालकलाई सहज हुने र सुरक्षाको हिसाबले पनि उत्कृष्ट मानिने फिचरहरू यसमा छन् । इन्ट्रीगेटेड एडाप्टीभ क्रुज कन्ट्रोल, कार फलो स्टप एण्ड गो, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेक, लेन किप एसिस्ट, ट्राफिक जाम एसिस्ट, लेन डिपार्चर वार्निङ जस्ता फिचर छन् ।

यसका अलावा ब्लाइन्ड स्पर्ट डिटेक्सन, लेन चेन्ज एसिस्ट, रियर कुलिजन वार्निङ, रियर क्रस ट्राफिक अलर्ट जस्ता फिचर छन् ।

यसको इन्टेरियरमा सफ्ट टच मेटेरियलले बनेको ड्यास बोर्ड, मल्टी फङ्गसनल स्टेरिङ ह्वील, १४.६ इन्चको सनफ्लावर टच स्क्रीन, हेडअप डिस्प्ले, १०.२ इन्चको इन्फर्मेशन डिस्प्ले, १४ वटा स्पीकर, ४० वाट क्षमताको वायरलेस चार्जर पाउन सकिन्छ ।

निकै लामो साइजमा उपलब्ध एल-७ मा २९०० एमएम लामो ह्वीलबेस र १६५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा १९ इन्चको ह्वील रहेको छ ।


Back_to_top