सुरक्षामा अब्बल देखियो ‘बीवाइडी सिगल’, चिसोमा रेन्ज भने ब्यापक गिरावट

काठमाडौं । बीवाइडीको सबैभन्दा सानो कार सिगलले विभिन्न किसिमका सुरक्षा परीक्षण रिपोर्टहरु बाहिर ल्याएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल मध्येको एक मोडलको परीक्षण गरेको हो ।

चीनमा सानो भएका कारण यसको सुरक्षाको विषयमा धेरैले चासो देखाउन थालेसँगै कम्पनीले परीक्षण थालेको हो । हालै कम्पनीले चिनियाँ एनक्यापमा फ्रेमवर्कको सीसीआरटी इभ्यालुएसन गरेको छ ।

उक्त टेस्ट माइक्रो इलेक्ट्रीक भेहिकलहरुको टेस्टीङ र रेटिङका लागि गरिन्छ । यसमा सेफ्टी, ब्याट्री लाइफ, चार्जिङ र कोलीजन सेफ्टी टेस्ट गरिएको थियो । परीक्षणमा बीवाइडी सिगलले ‘थ्री ए रेटिङ’ पाएको हो ।

यसमा सिगलको औषत अंक ९२.२ प्रतिशत पाएको थियो । प्रयोग गर्दा यात्रु सुरक्षामा ९१.८ प्रतिशत, व्याट्री लाइफ र चार्जिङमा ९०.३ प्रतिशत र कोलिजन सेफ्टीमा ९४.५ प्रतिशत अंक पाएको हो ।

उक्त परीक्षणको रिपोर्ट अनुसार बीवाइडी सिगल सुरक्षीत कार रहेको पुष्टि भएको थियो । क्रयास सेफ्टी टेस्टमा सिगलले अगाडिको भाग सुरक्षामा ७९.७९ प्रतिशत र साइड इम्प्याक्टमा १०० प्रतिशत र विपल्यास टेस्टमा ८७.१० प्रतिशत स्कोर पाएको थियो ।

परीक्षणको क्रममा फरक फरक तापक्रममा सिगलको रेन्ज पनि हेरिएको थियो । बीवाइडी सिगलको रेन्ज सीएलटीसी साइकल अनुसार ४०५ किलोमिटर छ । कारलाई २३ डिग्री सेन्टीग्रेडमा परिक्षण गर्दा ३९४ किलोमिटरको रेन्ज दिएको थियो तर, माइनस ७ डीग्रीमा टेस्ट गर्दा भने रेन्जमा ब्यापक गिरावट आएर २४३ किलोमिटर मात्रै रेन्ज आएको थियो ।

चीन बाहिर निर्यात सुरु भएको सिगल चाँडै नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।


Back_to_top