काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथर इनर्जीले आफ्नो स्कुटरमा प्रयोग हुँदै आएको ब्याट्रीको ड्रप टेष्ट गरेको छ । कम्पनीले आफ्नो सोसल मिडियामा ब्याट्री ड्रपको भिडियो सार्वजनिक गरेको हो ।
कम्पनीले गरेको टेष्टमा स्कुटरमा प्रयोग भएको ब्याट्रीलाई ४० फिट माथिबाट जमिनमा झारिएको थियो ।
एथर इनर्जीका को फाउन्डर श्वप्नील जैनले उक्त भिडियो सार्वजनिक गर्दै नयाँ आउँदै गरेको स्कुटरमा समेत यही ब्याट्री प्रयोग हुने बताएका हुन् । उक्त परीक्षण कम्पनीका इन्जिनियर श्रेयस सिथापतीले गरेका थिए । उनले ४० फिट उचाईबाट ब्याट्री तल झारेर टेष्ट गरेको हुन् ।
ड्रप टेष्टमा ब्याट्री सुरक्षित भएको देखिन्छ । ब्याट्रीमा कुनैपनि प्रभाव नदेखिएको कम्पनीको भनाई । उच्च डाइ कास्ट आल्मुनियम टेक्नोलोजिमा निर्मित भएको कारण ब्याट्री प्याकमा कुनैपनि क्षति नभएको कम्पनीको दावी छ ।
कम्पनीले अप्रिल ६ मा कम्यूनिटी डे आयोजना गरेर नयाँ इलेक्ट्रीक स्कुटर रिज्टा सार्वजनिक गर्दैछ । केही दिन अघि मात्र कम्पनीले पावफुल इलेक्ट्रीक स्कुटर एपेक्स ४५० को डेलिभरी सुरु गरेको थियो ।

