सडकमा देखियो किया क्लाभिस

काठमाडौं । कियाले आफ्नो नयाँ एसयूभी क्लाभिस भारतका विभिन्न क्षेत्रमा परीक्षण सुरु गरेको छ । कोरियन निर्माताले सन् २०२४ मै बजारमा ल्याउने गरी क्लाभिस एसयूभीको परीक्षण सुरु गरेको हो ।

कियाको भारतमा उत्पादन हुने चौथो मोडलको रुपमा क्लाभिस बजारमा आउने छ । मूल्यको आधारमा सोनेट र सेल्टोको बीचमा रहने अनुमान गरएको क्लाभिसलाई इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा ल्याउने छ ।

आकर्षक बडि डिजाइनमा आउने क्लाभिस लाइफ स्टाइल प्रोडक्ट हुनेछ । यसको साइज भने सोनेटकै बराबरी हुनेछ । यसमा कम्पनीले आधुनिक फिचरको लामो लिष्ट समावेस गर्ने अनुमान गरिएको छ । मिडिया रोपोर्टहरुका अनुसार यसमा ठूलो टच स्कृन, भ्यान्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, सनरुफ लगायतका फिचर समाबेस हुनेछन् ।

कियाले भारतीय बजारमा उत्पादन गरेका सबै मोडल नेपाली बजारमा उपलब्ध भइरहेका छन् । त्यसलाई आधार मान्दा नयाँ क्लाभिस एसयूभी पनि नेपाल आउने छ ।


Back_to_top