काठमाडौं । क्लासिक लेजेन्ड्स मोटरसाइकल ब्राण्ड येज्दीले भारतीय बजारमा नयाँ मोटरसाइकल ल्याउने भएको छ ।
कम्पनीले रेट्रो रोडस्टार सेगमेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको हो । कम्पनीले ल्याउन लागेको नयाँ मोटरसाइकलको फुटेज संचार माध्यममा लिक भएको छ ।
फुटेजमा देखिए अनुसार नयाँ मोटरसाइकलमा यज्दी एड्भेन्चरमा प्रयोग भएको फ्युल ट्याकं नै प्रयोग गरिएको छ । फोटोमा उस्तै देखिए पनि कम्पनीले यसमा एङगुलर येज्दी डिजाइनमा नयाँ फ्युल ट्याकं सेटअप दिने अनुमान गरिएको छ ।
यसमा सरल किसिमको इन्स्ट्रुमेन्ट क्लस्टर, राउन्ड सेपको हेडल्याम्प, डुअल राउन्ड एनालग, डिजिटल डिस्प्ले, डुअल डिस्क ब्रेक र एबीएस रहने छ ।
त्यस्तै, यस मोटरसाइकलमा सिंगल पिस फ्ल्याट सिट, नयाँ रियर फेन्डर दिनेछ भने ब्रेक ल्याम्प, इन्डिकेटर र अरु केही पार्टस् यज्दी स्क्रयाम्बलकै प्रयोग हुने अनुमान गरिएको छ ।
यो मोटरसाइकल येज्दी लाइनअपको आधुनिक रेट्रो रोडस्टार डिजाइनमा तयार हुनेछ । यसमा इन्जिनको तल्लो भागमा ठूलो इन्जिन बेसगार्ड, अलोय ह्वील, रेट्रो स्टाइलको पिरेली फ्यान्टम स्पोर्टस टायर, लो फ्रन्ट मर्टगार्ड, सिंगल पिस एग्जस्ट रहेको लिकेज फुटेजमा देखिएको छ ।
कम्पनीले नयाँ येज्दी मोटरसाइकलमा ३३४ सीसी क्षमता बराबरको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिनको प्रयोग गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।


