काठमाडौं । स्कोडाले आफ्नो एसयूभी लाइनअपको सबैभन्दा सानो इलेक्ट्रीक कार ‘एपिक’को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ग्लोवल मोडलको रुपमा ल्याउन लागेको एपिक एसयूभी यूरोपबाट बिक्री सुरु हुनेछ ।
सन् २०२५ बाट बजारमा ल्याउने तयारीका साथ काम गरिरहेको स्कोडाले २५ हजार यूरो मूल्य राखेर यसलाई बजारमा ल्याउन लागेको हो । कम्पनीको नयाँ एसयूभीको साइज ४.१ मिटर हुनेछ ।
एशियाली बजारमा यूरोपको तुलनामा कम मूल्यको एपिक मोडल ल्याउन सक्ने बताइएको छ । माउ कम्पनी फक्सवागेनको ब्याट्री इलेक्ट्रीक कार बनाउने प्लेटफर्म प्रयोग गरेर एपिकको कन्सेप्ट तयार पारेको हो ।
साइज अनुसार २६०० एमएम लामो ह्वीलवेस र ४९० लिटरको ठूलो बुट स्पेशमा उपलब्ध हुने एसयूभीलाई स्कोडाले ‘मोर्डन सोलिड’ डिजाइन क्यूवमा तयार पारेको छ ।

कन्सेप्टमा देखिए अनुसार ईभीमा प्रयोग हुँदै आएको क्लोज फ्रन्ट ग्रिल, टी आकारको एलइडी डे टाइम रनिङ लाइट, फ्लोटीङ रुफरेल देखिन्छ । निकै प्रिमियम फिचरको साथ आउने स्कोडा एपिकको इन्टेरियर पनि मोर्डन हुनेछ ।
यसमा रहने ब्याट्री, पावर र पर्फमेन्सका बिषयमा केही जानकारी बाहिर आएको छैन । यद्यपि, यसमा ३८ किलोवाट आवरदेखि ५६ किलोवाट आवरसम्मको ब्याट्री प्याक रहन सक्नेछ ।


