काठमाडौं । एमजी मोटर्सले भारतमा उत्पादन गरेको कोमेट ईभीको कन्भर्टेवल भर्सन देखाएको छ । कम्पनीले मुम्बाईमा भएको एक कार्यक्रममा कन्भर्टेवल कारको कन्सेप्ट देखाएको हो ।
यसको अलावा कम्पनीले एमजी साइबरस्टर, एमजी–थ्री र एमजी–फोर मोडल पनि प्रदर्शनी गरेको थियो । भारतमा जिन्दाल समूहसँगको सहकार्यपछि कम्पनीले आक्रमक बजार विस्तारको रणनीति बनाएर काम गर्दै आएको छ ।

गाडा हरियो कलरमा देखिएको कोमेट ईभीको कन्भर्टेवल मोडलले निकै चर्चा कमाएको मिडियाहरुले उल्लेख गरेका छन् । तयारी अवस्थामा देखिएको नयाँ कोमेट कम्पनीले स्पेशल वा लिमिटेड एडिसनको रुपमा बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारमा मूल्यका हिसाले सस्तो र ब्यापारको हिसावले निकै राम्रो गरिरहेको कोमेटको नयाँ कन्भर्टेवल मोडल पनि यहाँ आउन सक्ने देखिन्छ । यद्यपि, यसको विषयमा अहिल्यै भन्न छिटो होला ।

नयाँ कन्भर्टेवल मोडलमा सबै लाइट एलइडी दिइएको, इम्बोष्ड गरिएको एमजीको लोगो, पोलीगनल हेडल्याम्प, एरो ह्वील र रातो कलरको एलइडी टेलबार प्रयोग गरिएको छ ।
दुई ढोका भएको कोमेट ईभीको कनभर्टेवलमा नयाँ सिट, ड्यास बोर्डमा फरक कलरको प्रयोग र ढोकाहरुमा पनि रेड कलरको एसेन्ट प्रयोग भएको पाइन्छ ।
एमजी कोमेटको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६४० एमएम रहेको छ । यसमा २०१० एमएमको ह्वीलवेस छ । १७.३ किलोवाट आवरको ब्याट्री यसमा पाउन सकिन्छ ।


