काठमाडौं । जापानी ब्राण्ड निसानले भारतीय बजारमा सोचे अनुसारको ब्यवसायीक सफलता पाउन सकेको छैन । यद्यपि, उसले ब्यापार बढाउन प्रयास भने जारी राखेको छ ।
कम्पनीले भारतमा उत्पादन गर्दै आएको सब फोर मिटर एसयूभी म्याग्नाइटको फेसलिफ्ट ल्याउने तयारी थालेको छ । कम्पनीले आगामी डिसेम्बरसम्ममा म्याग्नाइटको फेसलिफ्ट मोडल बजारमा ल्याउने अनुमान गरिएको छ ।
निसानले चेन्नाइको सडकमा म्याग्नाइट फेसलिफ्टको परिक्षण गरिररहेको तस्बिरहरु वाहिर आएका छन् । पुरै स्टीकरले ढाकिएको नयाँ म्याग्नाइटमा पूर्ण नयाँ डिजाइनमा तयार पारिएको अलोय ह्वील देख्न सकिन्छ ।
यसका अलावा नयाँ डिजाइनको बम्पर, रि–डिजाइन गरिएको हेडल्याम्प र नयाँ टेललाइट देख्न सकिन्छ । फेसलिफ्ट म्याग्नाइट अहिलेको तुलनामा फिचर प्याक हुने अनुमान गरिएको छ ।
जापानी उत्पादकले अटोडीमीङ आईआरभीएम, इलेक्ट्रीक सनरुफ, भेन्टीलेटेड सीट जस्ता फिचर थप भएर आउने छन् । फेसलिफ्ट निसान म्याग्नाइटमा ७२ हर्स पावर प्रदान गर्ने १.० लिटर थ्री सिलिण्डर पेट्रोल र १०० हर्स पावर क्षमताको १.० लिटरका थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिन रहने छ ।
नेपालमा सुरुवाती मूल्य ३३ लाख ९९ हजार रहेको म्याग्नाइट सेग्मेन्ट कै सबैभन्दा कम मूल्यमा उपलब्ध मध्येको एक कम्प्याक्ट एसयूभी हो । निसान म्याग्नाइटले मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, रेनो काइगर, किया सोनेट जस्ता मोडलसँग प्रतिस्पर्धा गर्दै आएको छ ।

