काठमाडौं । बजाज अटोले पल्सर एनएस सिरिजको अपडेटपछि पल्सर एन सिरिजमा अपडेट ल्याउने तयारी थालेको छ । कम्पनीले पल्सर एन २५० अपडेटेड भर्सन परिक्षण सुरु गरेको हो ।
हालै सार्वजनिक एक तस्बिरका अनुसार अपसाइड डाउन फर्क भएको पल्सर एन २५० परिक्षण भइरहेको हो ।
केही दिन अघि मात्र बजाजले विभिन्न टेक अपडेटका साथ पल्सर एनएस सिरिज सार्वजनिक गरेको थियो । नयाँ परिक्षणमा देखिएको पल्सर एन २५० मा अपसाइड डाउन फर्कका साथै टेक अपडेट समेत हुने अनुमान गरिएको छ ।
कम्पनीले आगामी महिना २०२४ भर्सन एन २५० सार्वजनिक गर्ने तयारी गरिरहेको बताइन्छ । बजाजले निकट भविष्यमा नै पल्सर ४०० समेत सार्वजनिक गर्ने बताएको छ । सन् २०२४ मोडलमा नयाँ रिभर्स एलसीडी क्लस्टरका साथै ब्लुटुथ कनेक्टिभिटी समेत उपलब्ध हुनेछ ।
यसका अलावा मोटरसाइकलमा मेकानीकल परिर्वतन भने हुने छैन । पल्सर एन २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २४.१ पीएस पावर तथा २१.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।