होलीमा कार प्रयोग गर्नु अघि थाहा पाउनुस् ६ तथ्य

काठमाडौं । आज फागु पूर्णिमा । विशेषत कलरको चाडको रुपमा यसलाई मनाउने गरिन्छ । आज पहाडी भेग र भोलि मधेसमा होली मनाउने गरिन्छ ।

फागु खेल्दा रंग मात्र नभई धेरै जनाको पानी पनि खेल्ने चलन रहेको छ । यसरी पानीमा रंग मिसायर खेल्दा सावरी साधनलाई भने जागाउनु पर्छ । सवारी साधनमा यस्तो रंगसहितको पानी खेल्दा रंगमा रहेको केमीकलले गाडीको रंगमा नराम्रो दाग लाग्ने वा रंगनै खुइलिने समेत हुन सक्छ ।

त्यसैले तपाईले सवारी साधन लिएर होली खेल्ने योजना बनाउनु भएको छ भने, गाडीलाई बचाउने केही विषयमा जानकार रहनु ठिक हुन्छ ।

छोपिएको पार्किङ लट

यदि घर वा कार्यालयमा फागु खेल्ने योजना छ भने पहिला आफ्नो सवारी साधनलाई छोपिएको पार्किङ एरियामा राख्नु पर्छ । यदि कभर्ड पार्किङ एरिया छैन भने पनि कारलाई कभरले छोप्नु उपयुक्त हुन्छ ।

कारलाई यसरी कभर्ड पार्किङ एरियामा वा कभरले छोपेर राखमेमा कारमा लाग्नसक्ने रंगबाट बचाउन सकिन्छ । साथै, अन्य प्राकृतिक फोहोरबाट पनि बच्नेछ ।

कार वाक्सको प्रयोग

कार वाक्सले कारको एक्सटेरियरमा अतिरिक्त लेयर स्थापना गरेको हुन्छ । जसका कारण पेन्टलाई पनि प्रोटेक्सन गरेको हुन्छ । यसको प्रयोगले पुराना दागहरु पनि छोपिने गर्छ । वाक्सको प्रयोगले कारको पेन्टलाई धेरै समयसम्म सुरक्षा प्रदान गर्छ ।

वाक्सीले कारको ओरिजीनल पेन्टसलाई सूर्यको किरणवाट हुने हानी नोक्सानीबाट पनि सुरक्षित राख्छ । त्यसकारण फागु खेल्नु गाडी लिएर निस्कने योजनामा हुनुहुन्छ भने तपाइसँग भएको वाक्स लगाएर निस्कनु होला ।

ट्याफ्लोन कोटिङ

ट्याफ्नोन कोटिङ गर्न धेरै खर्च लाग्ने गर्छ । तर, एक पटकको कोटिङले फागुको रंगको हानी नोक्सानीबाट कारको रंगलाई बचाउने काम त गर्छ नै साथै अन्य नेचुरल कारणबाट हुने हानी नोक्सानीबाट समेत कारको रंगलाई बचाउने काम गर्छ । यदि तपाईसँग नयाँ कार छ भने यसको प्रयोग उपयुक्त हुन्छ । आजभोलि कोटीङ कल्चर नै सुरु भएको छ ।

सबै झ्याल लगाउने

यदि गाडीमा फागु खेल्न निस्कनु भएको हो भने सबै झ्यालहरु लगाएर हिड्नु पर्छ । झ्याल खुल्लै राखेर हिडेमा वाटोमा कसले पानी वा रंग हाली दिने ठेगान हुँदैन । इन्टेरियरमा पानी वा रंग छिरेमा सफा गर्न धेरै मिहिनत गर्नु पर्ने हुन्छ ।

इन्टेरियरलाई बचाउने

फागु खेलिसकेपछि पनि गाडीमा छिर्नु अघि एकदमै ध्यान दिनु पर्छ । आफ्नो लुगामा लागेको पानी र रंगले गाडीको सिट र इन्टेरियरमा दाग लाग्छ । यस्ता दागहरु हटाउन धेरै समस्या हुने हुनाले सकेसम्म लुगा फेरेर आफ्नो शरिर राम्रोसँग सफा गरेर मात्र गाडीमा चढ्नु पर्छ ।

कार वास

फागु खेलिसकेपछि राम्रोसँग कार वास गर्नु पर्छ । कार वास गर्दा इन्टेरियर वा एक्सटेरियरमा लागेका सबै रंग र दागहरु राम्रोसँग सफा गर्नु पर्छ । यसो गर्दा वाहिर वा भित्री आवरणमा पछिसम्म दाग देखिने समस्या बाट मुक्ती पाउन सकिन्छ ।


Back_to_top