काठमाडौं । सन् २०२४ को सुरुवातसँगै बिक्रीमा आएको गिरावटको कारण चीनको साघाइमा रहेको गिगा प्लान्टबाट उत्पादन कटौती गर्ने तयारीमा टेस्ला रहेको समाचारहरु प्रकाशित भएका छन् ।
अमेरिकी प्रिमियम इलेक्ट्रीक कार निर्माताले उत्पादन कटौती गर्न लागेको समाचार ब्लूमवर्गले प्रकाशित गरेको हो । समाचारमा जनाइए अनुसार अहिले औषतमा हप्तामा ६.५ दिन संचालनमा रहेको गिगा प्लान्ट अब हप्तामा ५ दिन मात्रै संचालनमा आउने छ ।
कर्मचारी तथा अन्य सप्लाई भेन्डरहरुलाई समेत कम्पनीले उत्पादन कटौती गर्न लागेको जानकारी दिएको रिपोर्टमा दावी गरिएको छ ।
जनवरीदेखि नै टेस्लाको बिक्री निरन्तर ओरालो लाग्दै आएको छ । उत्पादन र बिक्री बीचको तालमेल नमिलेसँगै कम्पनीले उत्पादन कटौती गर्न लागेको हो ।

