काठमाडौं । केटीएम २५० ड्यूकको नयाँ भर्सनको डेलिभरी सुरु भएको केही दिनमा नै सोल्ड आउट भएको छ । कम्पनीलै एकै दिन ५० यूनिट मोटरसाइकल डेलिभरी दिएको मोटरसाइकल किन्न चाहाने ग्राहकले केही समय कुर्नु पर्ने भएको हो ।
विभिन्न अपडेट सहित आएको केटीएम २५० ड्यूक थर्ड जेनेरेशन मोटरसाइकल केही दिनमा नै सोल्ड आउट भएको हो ।
अब मोटरसाइकल किन्न चाहाने ग्राहकका लागि कम्पनीले बुकिङ खुल्ला गरेको छ । नयाँ मोटरसाइकल किन्न चाहाने ग्राहकले केही समय कुर्नु पर्ने हुन्छ ।
केटीएम मोटरसाइकल बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले परिर्माजन सहित ल्याएको केटीएम २५० ड्यूकमा नयाँ च्यासिस, तथा इन्जिन रहेको छ । साथै, यसमा फिचरहरु समेत थप गरिएको छ ।
केटीएम २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । पुरानो मोडलमा डिओएचसी इन्जिन रहेको थियो भने, नयाँ मोडलमा कम्पनीले एसओएचसी इन्जिन सेटअप दिएको छ ।
नयाँ इन्जिनले पुरानो इन्जिनको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क ज्यादा जेनेरेट गर्छ । एसओएचसी सेटअपमा ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ ।
त्यस्तै, नयाँ मोडलमा पुरानोको तुलना १.५ लिटर ज्यादा क्षमताको इन्जिन दिइएको छ ।
यो मोटरसाइकलमा ड्यूल च्यानल एबीएस, अल एलइडी लाइट, डिजिटल डिस्प्ले, डब्लूपी अपसाइड डाउन तथा मोनोशक, स्लिपर क्लच तथा क्विक सिफ्टर जस्ता अत्याधुकिन फिचर पाउन सकिन्छ ।
नयाँ मोडल केटीएम २५० ड्युकको मूल्य ७ लाख ३९ हजार निर्धारण गरिएको छ ।

