काठमाडौं । बजाज अटोले सस्तो भेरियन्टको इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतीय बजारमा चेतकको सस्तो भेरियन्ट ल्याउने तयारी थालेको हो ।
कम्पनीका निर्देशक राकेश शर्माले हालै एक अन्तर्वार्तामा कम्पनीले चेतक पोर्टफोलियो विस्तार गर्ने बताएका हुन् ।
शर्माका अनुसार आगामी दुई महिना भित्रमा नयाँ भेरियन्ट सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ । भारतमा सरकारले ईभीमा अनुदान हटाउँदै गएसँगै बजाजले ल्याउने नयाँ स्कुटर अहिले उपलब्ध चेतकको तुलनामा सस्तो हुनेछ ।
नयाँ आउने स्कुटर १ लाख एक्स शोरुम मूल्यमा ल्याउने अनुमान गरिएको छ । ओला एथर जस्ता कम्पनीले पनि १ लाख मूल्यका स्कुटरहरू ल्याइरहेको छ ।
कम्पनीले १ लाख मूल्यमा ल्याउन नयाँ चेतकमा सानो मोटर र कम क्षमताको ब्याट्री क्षमताको हुन सक्नेछ । उक्त अन्तर्वार्तामा शर्माले घट्दो अनुदानका कारण तत्काल ईभी बजारमा हानी पुर्याएको भएतापनि दीर्घकालमा फाइदा पुग्ने बताएका छन् ।
बजाजको पोर्टफोलियोमा हाल चेतक स्कुटर मात्र रहेको छ । कम्पनीले चेतकको नै विभिन्न भेरियन्टमा ल्याउने तयारी थालेको हो ।
नेपाली बजारमा समेत परीक्षण सफल भएर सार्वजनिक गर्ने तयारीमा रहेको कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले हालसम्म स्कुटर सार्वजनिक गरेको छैन् । नेपाली बजारमा आगामि दुई महिनामा चेतक सार्वजनिक हुने अनुमान गरिएको छ । कम्पनीले किफायती मूल्यमा चेतक ल्याउने प्रयास गरिरहेको कम्पनीको निर्देशक अभिमन्यू गोल्छाले बताउँदै आएका छन् ।

