४४ वर्षपछि पुनः बजारमा फर्कियो यो बाइक, देला बुलेटलाई टक्कर ?

क्लासिक लेजेन्ड नामले चिनिने जावा मोटरसाइकलले भारतीय बजारमा आज ३ वटा मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । यसलाई महिन्द्रा एन्ड महिन्द्राले स्वामित्व किनेर पुनः बजारमा ल्याउन लागेको हो । 

भारतीय बजारमा सन् १९७४ पछि आफ्नो मोडल  बिक्री वितरण बन्द गरेको कम्पनीले ४४ वर्षपछि पुनः कमब्याक गरेको छ । कम्पनीले हालैमात्र क्लासिक–३०० र स्क्राम्बलर स्टाइल मोटरसाइकलको परिक्षण गरेको थियो । 

कम्पनीले सार्वजनिक गरेको टिजरमा बाइकमा एक्जस्ट सिस्टम लगाइएको देखिएको छ । आफ्नो पुरानै लुक्समा डिजाइन गरिएको यो मोटरसाइकलले मानिसको ध्यानतान्न सफल भएको छ । 

हाल, जावा क्लासिक ३०० मोटरसाइकलको तस्विर सामाजिक संजालमा निक्कै भाइरल भइरहेको छ । यसको फ्रन्ट डिस्क ब्रेक, एबीएसजस्ता आधुनिक सेफ्टी फिचरले सबैको ध्यान तानेको कम्पनीले जनाएको छ । 

यसमा २९३ सीसीको लिक्विड कुल्ड इन्जिन लगाएको छ । यसले २७ बीएचपी पावरका साथै, २८ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पिड गियरबक्स जडान गरिएको छ । 

इटालीमा डिजाइन गरिएको यो मोडलले राम्रो बजार पकड्ने महिन्द्राले विश्वास छ । 


Back_to_top