काठमाडौं । एसपीजी अटोमोवाइल प्रालिले आफ्नो बहु प्रतिक्षित मोडल ‘ओमोडा ई-५’ डेलिभरी सुरु गरेको छ । फेब्रुअरीको सुरुवातमा बुकिङ खुल्ला गरेर मार्च १५ सम्ममा डेलिभरी दिने भनिएको ई-५ ग्राहकको ग्यारेजमा पुग्न थालेको हो ।
कम्पनीका अनुसार अब नियमित रुपमा ग्राहकलाई गाडी हस्तान्त्रण हुनेछ । गाडी आयात भइरहेकोले ग्राहकलाई पनि हस्तान्त्रण गर्ने कम्पनीको भनाइ छ ।
‘अब आयात नियमित हुन्छ । ग्राहकलाई पनि दिदै जान्छौं । जति पनि बुकिङ गरेर बसेका ग्राहकलाई तयार रहन भनेका छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
ओमोडाले ई-५ एडास फिचर उपलब्ध क्रसओभर एसयूभी हो । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । यसको लम्बाई ४.४ मिटर छ भने यसमा २६३० एमएमको ह्वीलवेस दिइएको छ ।
ओमोडा ई-५ मा ५४० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीले यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ४३० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा मोटर भने ९९ किलोवाट पीकपावर भएको छ ।
चाँडै मूल्य बढ्ने
एसपीजी अटोमोवाइलले ई-५ को मूल्य २ लाख ५० हजार रुपैयाँ बढाउने भएको छ । कम्पनीले अहिले ५९ लाख ४९ हजार रुपैयाँ कायम गरेर बिक्री गर्दै आएको ई-५ को मूल्य ६१ लाख ९९ हजार रुपैयाँ हुने बताइसकेको छ ।

