नयाँ वर्षमा सुजुकी मोटरसाइकल र स्कुटर किन्दा नगदै नगद छुट

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक बिक्रेता भिजी अटोमोबमाइल्सले नयाँ वर्षमा मोटरसाइकल तथा स्कुटर किन्नेहरुलाइै नगदै नगद छुट दिने भएको छ । कम्पनीले ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो ।

कम्पनीको उक्त योजना अनुसार नयाँ बर्ष २०८१ को अवसरमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले सिधै १० हजार नगद छुट पाउने छन् । त्यस्तै १ लाखसम्मको नगद छुट स्क्र्याचकार्ड मार्फत पाउन सक्ने छन् ।

कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकीका साधन एक्सचेन्ज गर्दा प्रचलित बजार मुल्याङ्कनभन्दा थप १५ हजार मोटरसाइकलमा र २० हजार स्कुटरमा प्राप्त गर्न सक्नेछन् । वा, थप मूल्याङकन नलिइ फाइनान्समा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो छनोट गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध गराउने जनाएको छ ।

बहुर्राष्ट्रिय कम्पनी सुजुकीले नेपाली बजारमा जिक्सर, इनटुडर, हायाते मोटरसाइकल र एभिनिस, बर्गम्यान र एसेस स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीको अनुसार यो योजना १४ चैत २०८० देखि १८ जेष्ठ २०८१ सालसम्म लागु हुनेछ ।


Back_to_top