दिपल ‘एस-०७’ लग्जरी एसयूभी आइतबारबाट बिक्री सुरु हुने, मूल्य निकै आकर्षक

काठमाडौं । चांगानको इलेक्ट्रीक ब्राण्ड दिपलले उत्पादन गरेको पहिलो लग्जरी एसयूभी ‘दिपल-०७’ आइतबारबाट बिक्री सुरु हुने भएको छ । कम्पनीले पहिलो यूनिट नेपाल ल्याएर परिक्षणपछि ‘एस-०७’ बिक्री सुरु गर्न लागेको हो ।

आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले आगामी चैत १८ गते काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी दिपल एस-०७ को बिक्री सुरु गर्न लागेको हो । कम्पनीले केही यूनिट एसयूभी काठमाडौं ल्याइसकेको छ । थप गाडीहरु आइरहेको कम्पनीको भनाइ छ ।

कम्पनीले आधिकारीक घोषणा नगरेपनि ७२ लाख रुपैयाँ हाराहारी मूल्यमा बिक्री सुरू हुन लागेको एसयूभी चांगानले हुवावेको साझेदारीमा बनाएको मोडल हो । हुवावेको टेक्नोलोजीलाई एस-७ मा भरपूर प्रयोग गरेको छ ।

दिपलले यसको लम्बाई ४७५० एमएम, चौडाई १९३० एमएम र उचाई १६२५ एमएम दिएको छ । यसमा २९०० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

कम्पनीले यसमा फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल, २० इन्चको ह्वील, रियर ह्वील ड्राइभ सिस्टम यसमा दिएको छ । कम्पनीले यसलाई ९९ किलोवाटको मोटरमा नेपाल ल्याएको छ ।

कम्पनीले नेपाल ल्याएको मोडलमा ६६.८ किलोवाट आवरको ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ४३० किलोमिटर र सीएलटीसी रेन्ज ५२० किलोमिटर रहेको छ ।


Back_to_top