गल्फले गर्‍यो दुई जिल्लामा ‘रिटेलर र प्राइभेट ग्यारेज मेकानिक्स मीट’

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरण नेपाल ल्युब आयल लिमिटेडले रुकुम पश्चिम र सल्यानमा आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडले रुकुम पश्चिम र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा उक्त भेला आयोजना गरिएको थियो ।

नेपालका ग्रामीण र शहरी दुवै क्षेत्रमा रहेका रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुको सल्लाह र सुझाब संकलन गर्दै उनिहरुको सीप विकाश गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाई छ ।

सोलाबाङ रुकुमका प्रहरी इन्चार्ज लाल बहादुर रोका र सारधा नगरपालिका १२ का वाड प्रमुख सुरेन्द्र बुडाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा २५ जना उत्कृष्ट मेकानिक्सहरुलाई सम्मान पनि गरिएको थियो । साथै, नेपाल ल्युब आयल र मध्यपश्चिम सप्लायर्सको सहकार्यमा श्रीनगर अटोभिलेजलाई शुद्ध पिउने पानीको लागि १५ लिटर क्षमताको आरो जडान गरिएको थियो ।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका डिलर इन्चार्ज सन्तोष न्यौपानेले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्षदेखि लगातार ग्राहकको रोजाईमा पर्दै आएको छ ।


Back_to_top