‘वर्ल्ड कार अफ दी इयर अवार्ड’ किया ईभी-९ लाई, पर्फमेन्स कारमा आयोनीक-५

काठमाडौं । वर्ल्ड कार अफ दी इयर-२०२४ अवर्ड कियाको ठूलो इलेक्ट्रीक एसयूभी ईभी-९ले जितेको छ । उक्त अवार्डको लागि अन्तिम तीनमा रहेका बीवाइडी सिल र भोल्भो ईएक्स-३० लाई पछाडि पार्दै ईभी-९ले अवार्ड हात पारेको हो ।

सन् २०२३ मा उत्पादन भएर बजारमा आएका विश्वभरका ३८ कार मोडलले प्रतिस्पर्धा गरेका थिए । जसमा किया, बीवाइडी र भोल्भो बीच कडा प्रतिस्पर्धा भएको थियो । यसअघि ईभी-९ले ‘२०२४ विमन वर्ल्डवाइड कार अफ दी इयर’ अवार्ड पनि जितेको थियो ।

कियाले वर्ल्ड कारसँगै इलेक्ट्रीक कार अफ दी इयरको अवार्ड पनि आफ्नो नाममा लेखाउन सफल भएको छ ।

हुन्डाई आयोनीक-५ ले वर्ल्ड पर्फमेन्स कार अफ दी इयर अवार्ड हातपर्दा भोल्भो ईएक्स-३०ले अर्वान कार अफ दी इयर अवार्ड जित्न सफल भएको हो ।

वर्ल्ड लग्जरी कार अफ दी इयरको अवार्ड बीएमडब्लू आई-५ ले जित्न सफल भयो । उसले मर्सिडिज ई-क्लास र अउडी इक्यूइलाई पछाडि पार्दै लग्जरी कारको अवार्ड जितेको हो ।

वर्ल्ड कार अफ दी इयर छनोटमा १०० जना जुरीले आफ्नो मत प्रकट गरेका थिए । विभिन्न २९ देशका १०० अटोपत्रकारहरुले जुरीको भूमिका निर्वाह गरेका थिए ।


Back_to_top