काठमाडौं । किया मोटर्सले चीनमा २० हजार डलर मूल्यमा नै किया ईभी-फाइभ सार्वनिक गरेर धेरैको ध्यान खिच्न सफल भएको थियो । अब त्यहि चीनमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी अन्तिम चरणमा पुगेको हो ।
कियाले चीनमा राइट ह्याण्ड ड्राइभ ईभी-फाइभ उत्पादन गरेर बैकक मोटर शोमा देखाएको छ । त्यहि मोडल नेपाल पनि आउने छ ।
कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले यसअघि नै ईभी-फाइभ नेपाल आउने जानकारी दिएको थियो । कम्पनीको अनुसार अप्रिल महिनाको उत्पादन नेपाल आउने जनाएको थियो ।
‘हामीले ईभी-फाइभ ल्याउने प्रक्रिया अगाडि बढाएका छौं । तर, बजेटमा के हुने हो भन्ने विषयले केही समस्या सृजना भएको छ । तर, चाँडै ईभी-फाइभ नेपाल ल्याउने छौं’, कन्टिनेन्टल ट्रेडिङ स्रोतले भन्यो ।

हुन्डाई मोटर ग्रुपको इ-जीएमपी प्लेटफर्ममा बनेको ईभी-फाइभ कम्पनीकै सबैभन्दा ठूलो मोडल ईभी-नाइनबाट प्रेरित छ । अगाडि क्लोजअफ ग्रिल, हिडन डोर ह्याण्डल, स्टार म्याप सिग्नेचर लाइट, १९ इन्चको ह्वीलले यसलाई निकै आकर्षक बनाएको छ ।

जे आकारमा सजिएको एलइडी टेललाइट, ग्लस ब्ल्याक करलको बडी क्लाडिङ दिइएको छ । एसयूभीको साइज लम्बाई ४६१५ एमएम, चौडाई १८७५ एमएम र उचाई १७१५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिइएको छ ।
कियाले यसमा दुई स्कृनलाई जोडेर दिएको छ । यी दुबै स्कृन १२.३ इन्च साइजमा उपलब्ध छ । साथै, ५ इन्चको छुट्टै डिजिटल क्लाइमेट कन्ट्रोल सिस्टम दिइएको छ । जहाँ फिजिकल बटम पनि उपलब्ध छ ।

फ्रन्ट ह्वील ड्राइभ सिसटममा उपलब्ध किया ईभी-फाइभमा १६० किलोवाट क्षमताको मोटर दिइएको छ । त्यसले ३१० एनएम टर्क प्रदान गर्छ । यसको अलह्वील ड्राइभ भर्सनमा भने २३० किलोवाट क्षमताको मोटर दिइएको छ । दुबै भर्सनको टप स्पीड क्षमता भने १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।
सर्ट रेन्ज र लङ रेन्ज गरी दुई ब्याट्री अप्सन दिइएको छ । सर्ट रेन्जमा ६४.२ किलोवाट आवर र लङ रेन्जमा ८८.१ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले क्रमशः ४९० र ६२० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

सानो ब्याट्रीले १०२ किलोवाट र ठूलो ब्याट्रीले १४१ किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्छ । यसलाई १० देखि ८० प्रतिशत चार्ज गर्न ३६ मिनेट लाग्नेछ । सानो ब्याट्रीले ७ किलोवाट र ठूलो ब्याट्रीले ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ ।

