काठमाडौं । रोयल इनफिल्डले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा रोयल अफर २०८१ ल्याएको हो ।
प्रिमियय ब्रान्ड रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटोमोटिभले विभिन्न छुटका योजनासहितको नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको नयाँ वर्ष स्कीम रोयल अफर २०८१ मा मोटरसाइकल किन्ने ग्राहकले सर्भिसमा १० प्रतिशत, गियर तथा एपरेलमा ४० प्रतिशतसम्म छुट पाउने छन् ।
यसका साथै ग्राहकले फाइनान्स तथा एक्सचेन्च सुविधामा समेत रोयल इनफिल्ड मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
कम्पनीले तीन वर्षको फाइनान्स सुविधामा मोटरसाइकल उपलब्ध गराउने जनाएको छ । त्यस्तै आफुसँग भएको पुरानो मोटरसाइकल दिएर रोयल इनफिल्डका नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ । एक्सचेन्ज गर्दा बजार मूल्यमा उच्च मूल्याङ्कन दिने कम्पनीको भनाई छ । यसका साथै, कम्पनीले नयाँ मोटरसाइकल किन्ने ग्राहकलाई जेनेयून एसोसरिजमा १० प्रतिशत छुट पाउने छन् ।
अल्फा अटोमोटिभले हन्टर ३५०, क्लासीक ३५०, मेटिअर तथा स्क्रयाम ४५० विक्री गर्दै आएको छ । यो योजना कम्नपीको सबै आधिकारिक डिलरमा उपलब्ध हुनेछ ।

