भारतीय बजारलाई केन्द्रमा राख्दै मारुती सुजुकी र हुन्डाईले विभिन्न दश मोडल बजारमा ल्याउने तयारी गरेका छन् । दुबै कम्पनीले आगामी वर्ष २०१९ सम्ममा नयाँ अवधारणामा आधारित मोडल बजारमा ल्याउने योजना बनाएका हुन् ।
यी दुबै कम्पनीले हाल, बजारमा ल्याउने तयारी गरेका मोडलहरु यसप्रकार रहेका छन् ।
मारुती सुजुकी–एर्टिगा
मारुती सुजुकीले यही नोभेम्बर २१ मा नयाँ जेनेरेशनमा आधारित एर्टिगा बजारमा ल्याउने तयारी गरेको छ । हेयर–टेक अवधारणामा निर्माण भएको एर्टिगा दुई दिनपछि भारतीय बजारमा लन्च हुनेछ ।

पुरानोको तुलनामा यसको डायमेन्सन केही बढाइएको छ । क्याबिनभित्रको स्पेश बढाउनका लागि बूट–स्पेशलाई केही घटाइएको छ । कारमा नयाँ डिजाइनमा आधारित न्यू–ग्रिल लगाइएको छ भने रियरमा प्रोजेक्टर हेडल्याम्प्स लगाइएको छ । कारमा उपलब्ध टेलल्याम्प भोल्भोबाट प्रेरित छ ।
यसमा १.५ लिटर पेट्रोल र १.३ लिटर डिजेल इन्जिन लगाइएको छ । पेट्रोल इन्जिनमा एमएमटी ट्रान्समिसन दिइएको छ ।
मारुती सुजुकी वागेन–आर
मारुती सुुजुकी वागेन–आर भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएको मध्यको एक इन्ट्रीलेभल ह्याचब्याकको रुपमा परिचित छ । कम्पनी थर्ड जेनेरेशन मोडल वागेन–आरलाई बजारमा ल्याउने तयारीमा रहेको छ ।

सुजुकीले २०१९ को सुरुवातमा यो ब्रान्डलाई बजारमा ल्याउने यसअघि नै घोषणा गरिसकेको छ । इन्डिया स्पेप वागेन–आर टल–बोई अवधारणामा आधारित भए तापनि ग्लोबल मोडल सोभन्दा निकै फरक रहेको छ ।
ग्राहकलाई आकर्षित गर्ने उद्देश्यसहित निर्माण गरिएको कारको इन्टेरियरमा विभिन्न विशेषता समेटिएका छन् । यसमा उपलब्ध १.२ लिटर इन्जिनले ६२०० आरपीएममा ६७ बीएचपी पावर उत्पादन गर्छ भने ३५०० आरपीएममा ९० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड म्यानूअलकासाथै एएमटी गियरबक्स दिने अनुमान गरिएको छ ।
हुन्डाई क्यूएक्स–आई
हुन्डाईले अटोबजारमा आफूलाई मजबूद बनाउने उद्देश्यसहित नयाँ विशेषता समेटिएको मोडल बजारमा ल्याउने तयारी गरेको छ । यसमा १.० लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन लगाउने कम्पनीले जनाएको छ । मेनुयल र एमटी ट्रान्समिसन रहने कम्प्याक एसयूभीमा प्रिमियम फिचरका साथ आउने छ ।
सुरक्षालाई मध्यजनर गर्दै कारमा डबल–फ्रन्ट एयर–ब्याग, एबीएस र ईबीडी विशेषता, रिभर्सिङ्ग सेन्सर, सिटबेल्ट रि–माइन्डर, स्पीड–वार्निङ्ग सेन्सर दिइने छ ।
कम्पनीले सन् २०१६ को अटो एक्स्पोमा क्यारलिनो अवधारणालाई सार्वजनिक गरेको थियो । सोही अवधारणामा क्युएक्स–आई मोडल निर्माण भइरहेको छ । यो कम्प्याक एसयूभी हुन्डाईको ब्रान्ड न्यू मोडल हो ।
हुन्डाई कोना–ईभी
हुन्डाई कोनालाई एसयूभी कारमात्रै नभई नयाँ प्रविधि तथा विशेषताको सङ्ग्रहको रुपमा लिइन्छ । एसयूभी सेग्मेन्टमा प्रवेश गरिहेको हुन्डाई कम्पनीको लाइनपमा कोनाले छुट्टै स्थान लिएको छ ।

कोनामा वायरलेस डिभाइस चार्जर दिइएको छ । जसको कारण चालकले अतिरिक्त फोन–कार्ड तथा केबल राख्नुपर्ने जरुरी हँुदैन ।
यसमा दिइएको हेडअप डिस्प्लेले चालकलाई ड्राइभिङ्गमा ध्यान केन्द्रित गराउनुको साथै चालकलाई महत्वपूर्ण सूचना प्रदान गर्ने गर्छ ।
स्पीड, नेभिगेसन, क्रूज कन्ट्रोल तथा लेन–किपिङ्गलगायतका जानकारी इन्ट्रुमेन्ट क्लस्टर र विन्डशिल्डबीचको पारदर्शी प्यानलमा देख्न सकिन्छ ।
इन्टेरियर डिजाइनअन्तर्गत उत्कृष्ट मानिने ७ इन्च टचस्क्रिन विशेषतालाई अन्य मोडलमा समेत समेट्न थालिएको छ । स्पष्ट, गुणस्तरिय टचस्क्रिनमार्फत् चालकले भेइकल मेनु, एचडी रेडियो, एप्पल कार–प्ले तथा एन्ड्रोइड अटोको सुविधा उपयोग गर्न सक्छ ।
मारुती सुजुकी स्वीफ्ट–आरएस
मारुती सुजुकी इन्डियाले ह्ह्याचब्याक मोडल स्वीफ्टको पफर्मेन्स भर्सन स्वीफ्ट–आरएस भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा १६ इन्चको अलोय–ह्वील लगाइएको छ भने चारैवटै टायरमा डिस्क–ब्रेक र सस्पेन्सन पफर्मेन्स कारको जस्तै ट्यून गरिएको छ ।

इन्टेरियरलाई स्पोर्टी बनाउनको लागि आर–ब्रान्डिङ्ग दिइएको छ भने, यसको केबिन अलब्याक–थिममा सजाइएको छ । यसमा सेन्टर कन्सोल, इन्ट्रुमेन्ट क्स्लटर, फ्रन्ट–डोर र स्टेयरिङ्ग ह्वीलमा बर्निङ्ग–रेड कलरबाट आकर्षक बनाइएको छ ।
यसमा १.० लिटर बुस्टरजेट टर्बाेचाज्र्ड इन्जिन उपलब्ध छ । ९९८ सीसीको थ्री–सिलिन्डर इन्जिनले ५ हजार ५ सय ५० आरपीएममा १०१ बीएचपी पावरकासाथै ४५ सय आरपीएममा १५० एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल गियरबक्स लगाइएको छ ।
यसको टप–स्पीड क्षमता १६० किलोमिटर प्रतिघन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्नमात्रै १२ सेकेन्डको समय लगाउँछ ।
मारुती सुजुकी वाइवान–के
मारुती सुजुकीले एसयूभी लाइनअपमा माइक्रो अवाधारणामा निर्माण भएको वाइवान–के (कोडनेम) ल्याउने तयारी गरेको छ । फ्यूचर एसबाट प्रेरित यो कार अर्काे फेस्टिभ सिजनमा सार्वजनिक हुनेछ ।

यसमा १.० बीएस–र्६ इन्जिन लगाइएको छ । यसले ६८ एचपी पावरकासाथै ९० एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअलकासाथै एएमटी गियरबक्स लगाइएको छ । यसको नाम जेन हुनसक्ने अनुमान गरिएको छ ।
हुन्डाई ग्रान्ड आई–१०
हुन्डाईले आगामी फेस्टिभ सिजनमा ग्रान्ड आई–१० बजारमा ल्याउने उद्देश्यसहित नयाँ मोडलको निर्माणमा लागि परेको छ । कम्पनीले २०१९ मा ग्रान्ड आई–१० को आल न्यू भर्सन सार्वजनिक गर्ने घोषणा गरिसकेको छ ।

यसमा फ्रेश डिजाइन अपग्रेड हुनेछ, जसमा यूथ–कनेक्ट, टलबडी स्टाइलिङ्ग एलिमेन्ट यथावत् राखिएको छ । एन्टेरियरमा नयाँ ड्यूल–टोन अपहोल–स्ट्री तथा टचस्क्रिन इन्फोनेन्ट सिस्टम दिइएको छ ।
सुरक्षाको हिसाबले यसमा ड्यूल फ्रन्ट एयरब्याग र एबीएसजस्ता फिचर दिइने छ । यसमा बीएस–६ अवधारणामा आधारित १.२ लिटर पेट्रोल इन्जिन र डिजेल इन्जिन दिइने छ । यो मोडलमा एमटी ट्रान्समिसनकासाथै म्यानूअल गियरबक्स लगाउने अनुमान गरिएको छ ।
मारुती सुजुकी बलेनो फेसलिफ्ट
मारुती सुुुजुकीले बलेनो फेसलिफ्टलाई २०१९ को जुन महिनामा सार्वजनिक गर्ने तयारी गरेको छ । ट्वीक्ड हेडल्याम्प र टेल–ल्याम्पकासाथमा बजारमा आउन लागेको बलेनो फेसलिफ्टको फ्रन्ट र रियरमा नयाँ बम्पर दिइएको छ ।

बलेनो फेसलिफ्टमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले एन्ड्रोइड अटो, क्लाइमेट कन्ट्रोल, किलेस इन्ट्री, पुशवटन–स्टार्ट, डीआरएलकासाथै अटोमेटिक प्रोजेक्टर हेडल्याम्प, रिजर्भ क्यामेरालगायतका विशेषताहरू दिइने छ ।
यसकासाथै कम्पनीले सुरक्षाका लागि फेसलिफ्टमा ड्यूल एयरब्याग, एबीएस, ईबीडी तथा स्पीड–अलर्टलगायतका सेफ्टी फिचरहरू दिएको छ ।
१.२ लिटर के–सेरिज इन्जिन दिइएको छ, जसले ८३ बीएचपी पावर र ११५ एनएम–टर्क उत्पादन गर्छ । त्यस्तै, यस गाडीमा १.३ लिटर मल्टीजेट डिजेल इन्जिन दिइएको छ, जसले ७४ बीएचपी पावर र १९० एनएम–टर्क उत्पादन गर्छ । दुवै इन्जिनमा फाइभ–स्पीड म्यानूअल गियरबक्स र पेट्रोल इन्जिनमा अटोमेटिक गियरबक्स अप्सन दिइने छ ।
हुन्डाई एलेन्ट्रा
हुन्डाई कम्पनीले २०१९ को मध्यमा एलेन्ट्रा कार बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले रेगुुलर मोडलको तुलनामा एलेन्ट्राको एक्सटेरियर डिजाइनलाई निकै आकर्षक बनाएको छ । कारको फ्रन्टमा आकर्षक ग्रिल लगाइएको छ भने यसमा उपलब्ध एलईडी हेडल्याम्प्सले कारलाई स्पोर्टी–लूक दिएको छ ।

कारलाई १.६ डिजेल र २.० लिटर पेट्रोल इन्जिनले पावर दिनेछ । इन्जिनमा अटोमेटिक तथा म्यानूअल गियरबक्सको अप्सन दिइएको छ ।
हुन्डाई टुसान फेसलिफ्ट
हुन्डाईले कम्पनीको वेस्ट सेलिङ्गकार टुसान फेसलिफ्ट बजारमा ल्याउने भएको छ । यो एसयूभी २०१९ मा सार्वजनिक हुनेछ । यसको फ्रन्टमा ग्रिलमा ठूलो परिर्वतन गरिएको छ भने, परिमार्जित हेडल्याम्प क्लस्टर र एलईडी लाइट लगाइएको छ । यसको रियरमा न्यू–टेल ल्याम्प लगाइएको छ ।

इन्टेरियर तथा एक्सटेरियरमा आकर्षक विशेषता समेटिएका तुस्कानमा २.० लिटर डिजेल इन्जिन लगाइएको छ । साथै, विकल्पमा पेट्रोल इन्जिन लगाइएको छ भने इन्जिनमा म्यानूअल र अटोमेटिक टान्समिसन दिइएको छ ।

