डोङफेङले बनायो पहिलो पूर्ण अफरोड एसयूभी

काठमाडौं । चिनियाँ ब्राण्ड डोङफेङले न्यू इनर्जी भेहिकलको अफरोड क्षमता बलियो बनाउन काम गर्दै आएको छ । कम्पनीले हाडकोर अफरोड एसयूभी सेग्मेन्टमा आफुलाई बलियो बनाउन धमाधम नयाँ उत्पादन देखाउन थालेको हो ।

कम्पनीले आफ्नो पहिलो अफरोड एसयूभी प्योर ईभी वा हाइब्रिड के हुन्छ भन्ने खुलाएको छैन । तर, धेरैले नयाँ एसयूभी हाइब्रिडसँगै प्योर ईभी हुने अनुमान गरेका छन् । यसको नाम ‘एम-हन्टर’ हुनेछ ।

‘एम-हन्टर’लाई डोङफेङले आगामी २५ तारिखबाट सुरु हुने बेजीङ अटो शो २०२४ मा प्रदर्शनी गर्ने जनाएको छ । यसमा रहने फिचर लगायतका विषयमा कम्पनीले कुनै पनि आधिकारीक जानकारी बाहिर ल्याएको छैन ।

डोङफेङले यसअघि ‘एम-हिरो’ मोडल सार्वजनिक गरेको थियो । चीनमा १ लाख ३८ हजार १५० अमेरिकी डलर मूल्य तोकेर बिक्री हुँदै आएको छ ।

अहिले सार्वजनिक भएको तस्बिर अनुसार एम-हन्टरमा एक्स आकारको एलइडी डे टाइम रनिङ लाइट देखिन्छ । हेडलाइटमा एम ब्राण्ड लोगो प्रयोग गरिएको छ । निकै बल्की र अफरोडरको झल्को दिन बडी डिजाइनले नै यसको विशेषता झल्काउने छ ।

ट्यूवलर बडी स्टक्चर दिइएको कारण सुरक्षाको हिसावले पनि निकै राम्रो मान्न सकिन्छ । ग्लोजअफ ह्वीलसँग दिइएको अफरोड टायर यसको अर्को महत्वपूर्ण र सवल पक्ष हो ।


Back_to_top