मारुती सुजुकी एर्टिगाले बिक्री सुरु गरेको करिब ६ वर्षपछि आफ्नो दोस्रो पुस्ताको अल न्यू एर्टिगालाई आज भारतीय बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा दुई इन्जिन अप्सनको साथ ल्याएको गाडीलाई ४ भेरिएन्टमा सार्वजनिक गरेको हो ।
एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरिएन्टमा सार्वजनिक भएको यो मोडलको सरुवाति मूल्य ७ लाख ४४ हजारदेखि १० लाख ९० हजार भारतीय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।
नयाँ एर्टिगाको लम्बाइ ४३९५ एमएम, चौडाई १७३५ एमएम, उचाई १६९० एमएम रहेको छ भने ह्वीलबेस २७४० एमएम रहेको छ । यसअघिका मोडलहरुसँग तुलना गर्दा नयाँ मोडल १३० एमएम लामो, ४० एमएम चौडाई र ५ एमएम बढी अग्लो रहेको छ ।
नयाँ एर्टिगामा नयाँ ड्याशबोर्ड, केविन डिजाइन जस्ता फिचर उपलब्ध छन् । यसका साथै, एर्टिगामा फ्रि(फ्लोएटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सेन्टर कन्सोल, फ्ल्याट बटम स्टियरिङ ह्वील, डोर प्यानल दिइएको छ ।
यसअघिका मोडलहरुसँग तुलना गर्दा नयाँ मोडल १३० एमएम लामो, ४० एमएम चौडाई र ५ एमएम बढी अग्लो रहेको छ ।
एर्टिगाको अन्य फिचरहरुमा, फोर—स्पीकर साउन्ड सिस्टम, टिल्ट एडजस्टेवल स्टिरीङ र्याक, ड्राइभरका लागि सिट हाइट एडजस्टर, रिफ्रेस इन्स्ट्रुमेन्टल क्लस्टर दिइएको छ ।
नयाँ एर्टिगामा १४६२ सीसी क्षमताको १.५ लिटर फोर सिलिन्डर, के१५बी पेट्रोल इन्जिन दिएको छ, जसले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्छ । यसमा फोर स्पीड अटोमेटिक र फाइभ स्पीड म्यानुअल गियरबक्स जडान गरिएको छ ।
साथै, १.३ लिटर डिजेल इन्जिन दिइएको ८९.७ बीएचपी पावर र २०० एनएम टर्क उत्पादन गर्छ । यसमापनि ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

