अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमले ड्युक–२०० एबीएस भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस मोटरसाइकलको मूल्य नन्एबीएस मोटरसाइकलको भन्दा ९ हजार बढी राखेको छ ।
यसअघि १ लाख ५१ हजार भारतीय रुपैयाँ मूल्य रहेको बाइकको एबीएस भर्सनको मूल्य १ लाख ६० लाखभारु निर्धारण गरेको छ । यस बाइकमा सिंगल च्यानल एबीएसको साथै, नयाँ स्टाइल र एडभान्स विशेषताहरु दिइएको छ ।
परिमार्जित मोटरसाइकलमा सिंगल पिस ह्यान्डलबार, डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ । कालो, सुन्तला र सेतो तीन कलर भेरिएन्टमा उपलब्ध बाइकको पाङग्रामा कालो, सेतो, सुन्तला रङ्ग लगाइएको छ ।
बाइकमा दिइएको १९९ सीसी क्षमताको फ्युलइन्जेक्टेड इन्जिनले १० हजार आरपिएममा २४.६ बीएचपी पावरका साथै ८ हजार आरपीएममा १९.२ एनएम
६ स्पीड गियरबक्स जडान गरिएको बाइकको टपस्पीड क्षमता १३५ किलोमिटर प्रतिघन्टा रहेको छ । मोटरसाइकलको फ्रन्टमा ३०० एमएम डिस्क ब्रेक लगाइएको छ भने, रियरमा २३० एमएम डिस्क ब्रेक लगाइएको छ । केटीएम २०० एबिएसमा १७ इन्च अलोय ह्वील लगाइएको छ ।
नेपाली बजारमा पनि चाँडै आउने तयारीमा रहेको एबीएस भर्सनको मूल्य करिब ३५ हजार हाराहारीले महंगो हुने अनुमान गर्न सकिन्छ । अहिले यो बाइकको नन् एबीएस मोडलको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

