यस्तो छ, टाटा ह्यारीयरको इन्टेरियर

टाटा मोटर्सको बहुप्रतिक्षित प्रिमियम एसयूभी ह्यारीयरको ड्यासबोर्ड सार्वजनिक भएको छ । कम्पनीले डिसेम्बरमा ग्लोवल प्रिमियर गर्न लागेको नयाँ मोडल ज्यागुअर ल्यान्डरोभर डिस्कभरीबाट प्ररित रहेको छ ।

कम्पनीले आउँदै गरेको आफ्नो प्रिमियम एसयूभीमा डुअल–टोन प्रिमियम ड्यासबोर्ड दिएको छ । जसमा ब्ल्याक र ब्राउन कलरले फिनिसिङ गरिएको छ ।

ह्यारीयरमा ८.८ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।

ड्याशबोर्डको लोअर भागमा सिल्भर क्रोमको प्रयोग गरिएको देखिन्छ । यसबाहेक एयर कन्डिसनिङ भेन्ट्स, गियर सिफ्टर, सेन्टर स्ट्याकका केही पाटर्स, मल्टी स्पोक स्टेरिङ ह्वील, माउन्ट कन्ट्रोललगायतका फिचरहरु समावेस गरिएको छ ।

त्यस्तै अन्य फिचरहरुमा अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, मल्टी एंगल क्यामेरा डिस्प्लेलगायतका छन् ।

२.० लिटर फोर सिलिन्डर डिजेल इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १४० वीएचपी पावर उत्पादन गर्छ ।


Back_to_top