नयाँ उचाईमा ‘शोल ईभी’को बिक्री, ८० प्रतिशत फाइनान्स सुविधा पाइने

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक कारलाई व्यवसायीकरण गर्न सफल कार हो किया शोल । कियाको लागि आधिकारीक बिक्रेता कन्टिनेन्टल्स ट्रेडिङ्ग प्रालिले बिक्री वितरण गर्दै आएको यो कार नेपाली सडकमा बाक्लो उपस्थिति जनाउन सफल भैसकेको छ । 

फरक डिजाइन र आर्कषक लुक्समा उत्पादन गरिएको किया सोल विश्व बजारमा सर्वाधिक रुचाइएको इलेक्ट्रीक कारमा पर्छ । कम्पनीले यसको परिमार्जित मोडल २०१९ को अन्त्यमा विश्व बजारमा उतार्ने प्रयास कम्पनीले गरिरहेको छ । 

यस फेस्टिभ सिजनमा बिक्री भएको १५ युनिट गाडीमा पोखरामा २ युनिट र नारायणगढमा एक युनिट बिक्री भएको कम्पनी स्रोतले जानकारी दिएको छ । 

नेपाली बजारमा राम्रै उपस्थिति रहेको किया शोल इलेक्ट्रीक यस वर्षको चाडपर्वको सिजनमा १५ युनिट बिक्री भएको कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीले उपत्यका बाहिरपनि चार्जिङ स्टेशन निर्माण गरेकाले उपत्यका बाहिरपनि किया शोलको माग बढ्न थालेको कम्पनीको दाबी छ । यस फेस्टिभ सिजनमा बिक्री भएको १५ युनिट गाडीमा पोखरामा २ युनिट र नारायणगढमा एक युनिट बिक्री भएको कम्पनी स्रोतले जानकारी दिएको छ । 

कम्पनीले चार्जिङ स्टेशन निर्माणलाई अझै प्रभावकारी तवरले अगाडि बढाउने र भोलिका दिनमा अझै राम्रो व्यापार गर्ने रणनीति बनाएको छ । 

यस्तो छ किया शोल ?

उच्च प्रविधि जडान भएको शोल र्इभीको ब्याट्री शक्तिशाली रहेको र एक पटक फुल चार्जमा १ सय ८० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । 

कारमा लिथियम आयान पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । धेरै कुद्ने भए पनि यसको व्याट्री चार्ज गर्न चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्जगर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घण्टा र कार किन्दा ग्राहकलाई दिइने एसिलो चार्जरबाट मौसम अनुसार १५ देखि १८ घण्टा लाग्ने कम्पनीले जनाएको छ । 

यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ । यात्रु तथा चालकको सुरक्षाका एयरब्याग समावेस यो गाडी सनरुफसहित र सनरुफ नभएको दुई भेरिएन्टमा उपलब्ध रहेको छ । जसको नेपाली बजारमा मूल्य क्रमशः ५६ र ५८ लाख रुपैयाँ पर्छ । 

८० प्रतिशत फाइनान्स सुविधा

सरकारले इलेक्ट्रीक सवारीसाधनमा ८० प्रतिशतसम्मको फाइनान्स सुविधा उपलब्ध गराएको छ । इलेक्ट्रीक सवारीसाधनको प्रयोगलाई जोड दिन सरकारले सहुलियत दिएको हो । 

कम्बस्चन इन्जिन युक्त निजी सवारीसाधनमा ५० प्रतिशत मात्रै फाइनान्स सुविधा पाइन्छ ।


Back_to_top