काठमाडौं । एथर ४५० को नयाँ भेरियन्ट नेपाल आउने भएको छ । कम्पनीले सोशल मिडियामा मार्फत एथर ४५० को सस्तो भेरियन्ट आउने खुलासा गरेको हो ।
भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी बैद्य्ज इनर्जीले एथर ४५० एस ल्याउने भएको हो ।
कम्पनीले आफ्नो सोसल मिडियाहरूमा ‘सानो भाइ आउँदैछ’ क्याम्पेन संचालन गरिरहेको छ । कम्पनी स्रोतका अनुसार यही महिनाको अन्तिमसम्ममा एथर ४५० को एस भेरियन्ट नेपाली बजारमा सार्वजनिक हुनेछ ।
एथर ४५० एक्स जस्तै ४५० एस पनि दुई भेरियन्टमा नेपाल आउने छ । एथर ४५० एसमा एक्सकै समान फिचर उपलब्ध हुनेछ । एस भेरियन्टमा भने टच स्क्रीन डिस्प्ले उपलब्ध हुने छैन ।
यसका अलावा अन्य फिचर समान हुने यो स्कुटरको मूल्य एक्स भेरियन्टको भन्दा केही कम हुने अनुमान गर्न सकिन्छ । एथर ४५० एस २.९ किलोवाट र ३.७ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध हुनेछ ।
यसमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, गुगल म्यापसहितको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यी स्कुटरले सिंगल चार्जमा ९५ किलोमिटरदेखि १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।


