यामाहाले नयाँ मोटरसाइकल YZF-R3 को फेसलिफ्ट सार्वजनिक भएको छ । कम्पनीले यो मोटरसाइकलाई थाई मोटर एक्स्पो-२०१८ मा सार्वजनिक गरेको हो ।
थाइल्यान्डमा देखाइएको उक्त बाइक नै नेपाली बजारमा समेत आउने बाइक हो । तीन कलर अप्सनमा आएको यो बाइक मेट ब्ल्यू, मेट–ब्ल्याक र मेट–रेड कलरमा उपलब्ध रहेको छ । कलरका कारणपनि यो बाइक निकै आकर्षक देखिएको छ ।
कम्पनीले यामाहाको YZF-R3 मा स्टील टुयुवलर चेसिसको प्रयोग गरेको छ भने ड्यूल एलईडी हेडलाइटको प्रयोग गरेको छ ।
YZF-R3 मा ३२१ सीसी लिक्विड–कुल फोर–स्ट्रोक, टु–सिलिन्डर, फ्यूल इन्जेक्टेड इन्जिन प्रयोग गरिएको छ । जसले ४२ पीएस पावरकासाथै २९.६ एनएम–टर्क उत्पादन गर्छ ।
यसको फ्रन्टमा २९८ एमएमको सिङ्गल हाइड्रोलिक डिस्क–ब्रेक दिइएको छ भने, पछाडि २२० एमएमको सिङ्गल हाइड्रोलिक युनिट दिइएको छ । साथै, सुरक्षाको लागि यसमा ड्यूल च्यानल एबीएस दिइएको छ ।
नेपाली बजारमा अहिले बिक्री वितरण भइरहेको आर–३ को तुलनमा यो बाइक केही महंगो हुने अनुमान गरिएको छ । अहिले बिक्री भइरहेको बाइकको मूल्य ९ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।


