काठमाडौं । सुरुङ जोड्ने बाटो निर्माण अहिले तिब्र गतिमा भइरहेको छ । बलम्बुबाट नागढुंगा–नौबिसे सुरुङको मुखसम्म पुग्ने बाटो र त्यहाँ बन्ने फ्लाइओभरको काम तिब्र गतिमा भइरहेको हो ।
नागढुङ्गा नौबिसे सुरुङ मार्गको टनेल खन्ने काम सकिइसकेको छ । अब त्यसलाई जोड्ने मार्ग निर्माण तिब्र गतिमा अगाडि बढेको हो ।
सरकारले जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसनसँग सन् २०१९ सेप्टेम्बर २३ मा निर्माण सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार नै अहिले फ्लाईओभर निर्माणको काम भइरहेको छ ।
टनेल बाहिर अन्डरपासर ३ वटा, बक्स कल्भर्ट ४ वटा, ओभरपास २ वटा, पुल ३ वटा र फ्लाइओभर १ वटा रहनेछन् । टनेलको ब्रेक थु भएपनि पूर्णरुपमा काम सम्पन्न भएर सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने निर्माण पक्षले जनाएको छ ।


