भारत र चीनबाट आयात हुने बस्तुमा पाउँदै आएको भन्सार छुट हट्यो

काठमाडौं । सरकारले भारत, चीन र सार्क देशहरुबाट आयात गर्दा लाग्ने भन्सार महशुलमा दिदै आएको छुटलाई हटाएको छ । यसअघि भन्सार दर अनुसार ३ देखि ५ प्रतिशतसम्म छुट हुँदै आएकोमा आज प्रस्तुत भएको बजेटले यसलाई हटाएको हो ।

अब विगतमा जस्तो भन्सार महशुलमा छुट कुनै पनि देशबाट हुने आयातमा पाउन सकिने छैन । यसले मोटरसाइकल, कार तथा अन्य सवारीसाधनमा लाग्ने भन्सारमा केही फरक पर्नेछ ।


Back_to_top