काठमाडौं । लामो समय पश्चात सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन गत हप्ता विभागले खोलेको थियो । अनलाइन आवेदन खोलेपनि विभागको वेवसाइटमा आएको समस्याका कारण सेवा ग्राहिले आवेदन दिन सकेनन् ।
विभागले एचटिटीपिएस (https//) लाई हटाएर डब्लुडब्लुडब्लु डिओटिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) मार्फत विवरण पठाउँन आग्रह गरेको थियो । तर, उक्त सर्भरमा पनि समस्या आएपछि आवेदकले विवरण पठाउँन पाएका थिएनन् । विभागले वेबसाइटलाई सिंहदरबारस्थित सरकारी डेटा सेन्टरमा सारिएकाले एचटिटीपिएस (https//) नखुल्ने बताएको थियो ।
एक हप्ता पछि विभागको वेवसाइट पूर्ण रुपमा खुल्न थालेको छ । अब सेवाग्राहिले सहज रुपमा अनलाइन अवेदन दिन सक्ने छन् ।
हाल, काठमाडौं उपत्यकामा स्वयम्भुको ठूलो र्भयाङ, चावहिल, सुकेधरा, ललितपुरको एकान्तकुना, भक्तपुरको जगाती गरी चार कार्यालयबाट नयाँ लाइसेन्सका लागि अनलाइन आवदेन सकिने छ ।

