टिमुरे भन्सारमा थन्केको ‘जीएस-३’ एसयूभी (फोटो-फिचर)

रसुवागढी । सिजी मोटर्स आधिकारीक बिक्रेता रहेको जीएसीको पेट्रोल एसयूभी ‘जीएसी जीएस-३’ टिमुरे भन्सार कार्यालय नजिकै रहेको पार्किङ लटमा थन्केको अवस्थामा छ । कम्पनीले विद्युतीय कार जीएसी एवोन वाई मोडल ल्याएर बिक्री सुरु गरेपनि पेट्रोलबाट चल्ने ‘जीएस-३’ मोडल भन्सार एरियामा थन्केको हो ।

चीनकै ठूलो मध्येको एक कार निर्माता जीएसीले तीन महिना अघि नै नेपालमा बिक्री सुरु गरेको थियो । सिजी मोटर्सले काठमाडौंको थापाथलीमा नयाँ शोरुमसँगै जीएसी एवोन ब्राण्डका विद्युतीय कार बिक्री थालेको भएपनि पेट्रोल मोडल भन्सारमै थन्केको हो ।

गाडी पार्किङ गरिएको जग्गाधनीका अनुसार पार्किङ गरिएको लामो समय भएपनि कम्पनीले नलगेको बताए ।

सिजी मोटर्स स्रोतका अनुसार सुरुमा इलेक्ट्रीक मोडल ल्याएर बिक्री सुरु गरेको र चाँडै पेट्रोल मोडल पनि आउने जनाएको छ । कम्पनी स्रोतले भन्यो, ‘केही प्राविधिक कारणले जीएस-३ मोडल भन्सारमै छ । अबको केही दिनपछि यी गाडी काठमाडौं आउने छन् ।’

जीएस-३ मोडलमा अटोमोटीक गियरबक्स र १.५ लिटर क्षमताको इन्जिन रहेको छ । अहिले बजारमा रहेको कम्प्याक्ट एसयूभी सेग्मेन्टका क्रेटादेखि सेल्टोससम्मका मोडलसँग प्रतिस्पर्धा गर्ने एसयूभी ठिकठाक फिचरमा उपलब्ध छ ।

जीएस-३ मोडलको लम्बाई ४३५० एमएम, चौडाई १८२५ एमएम र उचाई १६८५ एमएम रहेको छ । यसमा ह्वीलवेस भने २५६० एमएम छ ।


Back_to_top