काठमाडौं । नेपालमा बहुप्रतिक्षित रहेको ब्राण्ड जिकरको नेपालका लागि आधिकारिक बिक्रेतामा सारडा ग्रुप अन्तर्गतको पायोनर मोटोकर्प नियुक्त भएको छ । सर्ट लिस्टमा परेका अन्य कम्पनीलाई पछि पार्दै सारडा ग्रुपले प्रिमियम ब्राण्ड जिकरको बिक्रेता नियुक्त भएको हो ।
नेपालका सबैजसो ठुला ब्यापारिक घरानाले ल्याउन प्रयास गरेको जिलीको प्रिमियम ब्राण्ड जिकर सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले ल्याउने भएको हो ।
प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरले गत मार्चमा भएको बैंकक इन्टरनेशनल अटो शोबाट जिकर एक्स राइट ह्याण्ड ड्राइभ मोडलको प्रि बुकिङ सुरु गरेको थियो ।
जिकरले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको जिकर एक्स नेपालमा आउने छ ।
निकै क्लिन ड्यासबोर्ड देखिएको जिकर एक्समा ८.८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । एनिमेटेडड हेडअप डिस्प्ले, वेलकम सिट, एड्जस्टेवल इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।
जिकर एक्स एसयूभीमा ६६ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ गरी दुई फरक सिस्टममा उपलब्ध कार निकै पावरफुल रहेको छ ।
रियर ह्वील ड्राइभ भर्सनमा २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको अल ह्वील ड्राइभ मोडलमा थप ११५ किलोवाटको मोटर छ । यसको अल ह्वील ड्राइभको संयुक्त पावर ३१५ किलोवाट रहेको छ । उक्त मोटरले ३४३ एनएम टर्क प्रदान गर्छ ।
जिकर एक्सले सिंगल चार्जमा ५६० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । तर, यसले सडकमा ४०० किलोमिटर हाराहारी मात्रै रेन्ज आउने पक्का छ ।


