‘ईभी ईको सिस्टम’ निर्माणमा फरक रणनीति बनाउँदै अग्नी

काठमाडौं । महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी-४०० बजारमा बिक्री सुरु गर्ने तयारी थालेको छ । कम्पनीले भारतमा बिक्री सुरु भएको दुई वर्षपछि नेपालमा एक्सयूभी-४०० बिक्री सुरु गर्न लागेको हो ।

ईभी उत्पादनमा महिन्द्रा निकै पुरानो ब्राण्ड हो । उसको उत्पादन सन् २०१० बाटै नेपालमा उपलब्ध भएको थियो । त्यति बेला बिक्री गरेका साना ईभी भएको कारण त्यसको लागि चार्जिङ पूर्वाधर निर्माण गर्नु परेन । अब कम्पनीले लङ रेन्ज र ठूला एसयूभी बजारमा बिक्री गर्न थाल्ने भएसँगै पूर्वाधार निर्माणमा केन्द्रित हुने योजना बनाएको हो ।

‘हामी ईभीको इको सिस्टम निर्माण गर्ने तयारीमा छौं । आन्तरिक गृहकार्य चलिरहेको छ । पृथक तरिकाले चार्जिङ नेटवर्क निर्माण गर्ने सोच बनाएका छौं’, अग्नी इनकर्पोरेट प्रालिका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले मेरोअटोसँग भने ।

आफुहरुले सधै उत्कृष्ट कष्टुमर एक्सपेरियन्समा विश्वस गर्दै आएको र त्यहि अनुसारको सेवा दिदै आएको जानकारी दिदै प्रबन्ध निर्देशक श्रेष्ठले भन्छन्, ‘अग्नी सवारीसाधन बिक्री गर्ने मात्रै होइन, त्यसको लागि आवश्यक सर्भिसको पूर्वाधार र पार्टसको उपलब्धताका विषयमा पनि त्यति कै सहजक छ । त्यसैले त आजभन्दा १० वर्ष अगाडि बिक्री गरेको विद्युतीय कारमा पनि उपभोक्ताको गुनासो छैन ।’

नेपालमा एक्सयूभी-४०० आएको महिना दिनभन्दा बढी वितेपनि किन बिक्री सुरु गर्नु भएन भन्ने प्रसंगमा श्रेष्ठ भन्छन्, ‘विद्युतीय साधन नयाँ टेक्नोलोजीमा आधारित छ । त्यसैले सडक र बाटोको अवस्था अनुसार नयाँ नयाँ समस्या आउन सक्छ । अहिले जस्तो बाटोको लागि विद्युतीय गाडी बनेका छन्, त्यस्तो बाटो हामी कहाँ कति छ ? त्यसैले गाडीको परीक्षण हाम्रो प्राथमिकतामा रहँदै आएको छ ।’

कष्टुमर एक्सपेरियन्सको लागि पनि ईभीमा ईको सिस्टम निर्माण गर्नुपर्छ । त्यसको बिजनेश मोडल तयार गर्न कम्पनीले काम गरिरहेको श्रेष्ठको भनाइ छ ।

अबको एक वर्ष भित्र नै महिन्द्रासँग तीन मोडलका विद्युतीय एसयूभी हुने भएको कारण अग्नीले निकै सुझबुझ पूर्ण रुपमा काम अगाडि बढाइरहेको देखिन्छ ।

चार्जिङ पूर्वाधार, पाटर््सको सहज उपलब्धता र देशका धेरै स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टर निर्माणमा कम्पनीले ग्राहकको गुनासो नहुनेगरी काम गर्न लागेको हो । आगामी साताबाट एक्सयूभी ४०० को विभिन्न किसिमका गतिविधि संचालन हुने छन् ।


Back_to_top