एजेन्सी । चांगानको ‘दिपल जी-३१८’ हार्डकोर इलेक्ट्रीक एसयूभी सार्वजनिक भएको ५ दिनमा १४ हजार एक सय २६ यूनिट बुकिङ्ग भएको छ ।
मूल्यका हिसावले २४ हजार दुई सय डलरदेखि ४३ हजार आठ सय डलरसम्म पर्ने जी-३१८ विभिन्न ६ भेरियन्टमा उपलब्ध हुनेछ । यसमा सिंगल मोटर रियर ह्वील ड्राइभ र डुअल मोटर फोर ह्वील ड्राइभ भेरियन्ट उपलब्ध छन् ।
इन्ट्री लेभलको टु ह्वील ड्राइभको अहिले प्रि अर्डर भएको हो । जसको डेलिभरी अगस्टबाट सुरु हुनेछ । टप भेरियन्टको बिक्री सन् २०२५ को सुरुबाट मात्रै हुने अनुमान गरिएको छ ।
चांगानको इनोभेटिभ ब्लु कोर प्लेटर्फममा बनेको जी३१८ मा १.५टर्बो रेन्ज एक्सटेन्डर, हाई पर्फमेन्स इलेक्ट्रीक मोटर र गोल्डन शिल्ड ब्याट्री रहेको छ । यो कम्बिनेसनले रियर ह्वील ड्राइभमा १८५ किलोवाट र फ्रन्ट ह्वील ड्राइभमा १३१ किलोवाट पावर उत्पन्न गर्छ ।
साइबर मेटल आर्मरले यो एसयूभीको एक्टेरियर डिजाइनलाई रगेड बनाएको छ । यसको ग्राउन्ड क्लेरेन्स २४० एमएम हुनेछ । जुन अनरोड र अफरोड दुवैका लागि अब्बल मानिन्छ ।
यसको इन्टेरियरमा फरेस्ट ब्ल्याक, ग्लेसियर ब्लु र होली लेक ग्रिन गरी तीन कलर अप्सन रहने छ । १४.६ इन्चको स्मार्ट स्क्रिन, १२.३ इन्चको इन्ट्रुमेन्ट प्यानल र अफरोड क्षमताका लागि ह्यान्डलहरु राखिएका छन् ।
यसमा फ्रन्ट सिट भेन्टिलेसन र हिटिङ्ग, इन्टेलिजेन्ट एडाप्टिभ क्रुज कन्ट्रोल, ५४० डिग्रीको पानारोमिक क्यामेरा र दिपल अपरेटिंग सिस्टम रहेका छन् । साथै यसमा डबल लेयर्ड साउन्ड प्रुफ ग्लास, इएनसी एक्टिभ न्वाइज क्यासेलेसन र आर इपीएस स्टेरिग सिस्टम छ ।
यसमा इको, कम्फर्ट, स्पोर्ट, एक्सक्लुसिभ र कस्टम गरी पाँच मोड र स्नो, मड, स्यान्ड, रफ र वेडिंग गरी पाँच टेरेन मोड छन् । यसबाहेक इन प्लेस युटर्न, हिल डिसेन्ट कन्ट्रोल, अफ रोड क्रिप मोड, एअर सस्पेन्सन, सीडीसी च्यासिस एडजस्टमेन्ट समेत रहेका छन् ।