काठमाडौं । सीएक्स मोटरसाइकल कम्पनीले नेपाली बजारमा नयाँ स्कुटर ल्याएको छ । कम्पनीले १५० सीसीको नयाँ स्कुटर १५० प्राइम सार्वजनिक गरेको हो ।
सीएक्स मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी सीएक्स मोटरसाइकल प्रालिले ३ लाख ७५ हजार रुपैयाँ मूल्य तोकेर स्कुटरको बुकिङ समेत लिन सुरु गरेको हो ।
यो स्कुटरमा १४९.६ सीसी सिंगल सिलिन्डर एफआई इन्जिनले १५ हर्सपावर जेनरेट गर्छ । यसमा ७ लिट इन्धन क्षमताको ट्याङ्की छ भने, स्कुटरले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ ।
उक्त स्कुटर चार रंगहरु कालो, रातो, निलो र सेतामा उपलब्ध छ । कम्पनीले यो स्कुटरमा २ वर्ष इन्जिन वारेन्टी र ५ वटा सर्भिस फ्रि दिएको छ ।
सीएक्स १५० प्राइममा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन, एलइडी हेडलाइट विथ डिआरएल, आलमुनियम स्विइङग्राम, एलसीडी इन्स्टुमेन्ट क्लस्टर, अलोय ह्वील, क्रयासग्राड र युएसबी चार्जिङ पार्ट जस्ता फिचर उपलब्ध छन् ।
कम्पनीका अनुसार हाल टेष्ट ड्राइभमा उपलब्ध रहेको तर बिक्री भने अगस्टदेखि सुरु हुनेछ ।

